धनगढी: कैलालीको धनगढीमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले किशोरीको जाहेरीपछि बलात्कार आरोपमा गौरीगंगा नगरपालिका–६ बनबेहडाका २७ वर्षीय अशोक भनिने हरिराम चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।
‘आइतबार बेलुका कार्यालयमा आएर धनगढी उपमहानगरपालिका–१२ की १८ वर्षीया किशोरीले जाहेरी दिएकी हुन्,’ डीएसपी बोहराले भने, ‘जाहेरीपछि चौधरीलाई धनगढीकै अदालत रोडबाट पक्राउ गरिएको छ।’
डीएसपी बोहराका अनुसार ती किशोरीले वैशाख १५ गतेदेखि भदौं महिनासम्म पटकपटक बलात्कारमा परेको बताएकी छिन्। ‘युवकले आफूलाई धनगढीको जखौर तालको जंगलमा लगेर वैशाख १५ गतेदेखि भदौंसम्म पटकपटक करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्,’ उनले भने।
Facebook Comments Box