Author: Dipak Dhamala

काठमाडौं । पुस शुक्ल पूर्णिमाका दिनदेखि सुरू गरिएको स्वस्थानी व्रतको माघ शुक्ल पूर्णिमाका दिन आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरू गरी नित्य मध्यान्हकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आइतबार व्रत समापन गर्न लागेका हुन् । पुस शुक्ल पूर्णिमादेखि सुरू गरिने स्वस्थानी बाचन पनि पनि आजै सकिन्छ । व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरा र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी ब्रतालु…

Read More

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कुस राशफोर्ड एक/एक गोल गरे ।  क्रिस्टलका जेफ्री स्लुपले गोल फर्काए । सातौं मिनेटमा फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ६२ औं मिनेटमा राशफोर्डको गोलले युनाइटेडले अग्रता दोब्बर बनायो । खेलको ७० औं मिनेटमा कासिमिरोले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो । ह्युगले प्रहार गर्ने क्रममा अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै कासिमिरोलाई रेडकार्ड दिएका थिए । खेलको ७६ औं मिनेटमा क्रिस्टलका स्लुपले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन । यो जितसँगै…

Read More

काठमाडौं : प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौंमा मञ्चन गरिएको छ। करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो। नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समिश्रण रहेको नाटकमा छ। नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्। असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्। ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई नाटकमा देखाइएको…

Read More

धनगढी – कैलालीको खानीडाँडामा जिप दुर्घटना भएको छ । शनिबार राति डडेल्धुराको जोगबुढाबाट धनगढीतर्फ आइरहेको सुपप्र०१००१ ज १३६१ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

Read More

अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हाे । सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएकाे थियाे । विस्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । अमेरिकी सेनाहरुले सोही बलुनको टुक्राहरु निकाल्ने काम थालेका छन् । अमेरिकाले यो बुलन चीनले गुप्तचरी प्रयोजनका लागि उडाएको दावी गरिरहरेको छ । तर चीनले भने गुप्तचरी प्रयोजन नभएर याे बलुन मौसमी अध्ययनको लागि उडेको प्रतिक्रिया दिएको छ ।

Read More

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।  सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ ।

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।  अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक आज समापन गर्ने तयारी छ ।

Read More

काठमाडौँ – राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि विपक्षी गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । सो बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीले भने आफ्नो पार्टीबाट उम्मेदवारी नहुने जानकारी सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका थिए ।  गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ । आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन । आजको बैठकमा कांग्रेसका…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भए पनि कुनै निर्णय गर्न नसकेको पार्टीका मुख्य सचेतक सन्तोष परियारले बताए । उनले आज बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारेर आवश्यक निर्णय गर्ने बताए । शनिबार पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो । पार्टीले सरकारलाई दिएको दुई दिनको समय सकिन लाग्न बसेको निर्णायक भनिएको बैठक निष्कर्षबिहीन भएको हो । रास्वपाले गृह मन्त्रालयमा आफ्नो अडान लिँदै आएको छ भने त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छैनन् ।  शनिबारै गृहबाहेकको अरु कुनै…

Read More

कालिकोट – रास्कोट नगरपालिका वडा नं. ६ को ओखलढुंगामा भाले चितुवा मृत अवस्थामा फेला परेको छ । स्थानीयले मृत अवस्थामा चितुवाको बच्चा भेटाएपछी अस्थायी प्रहरी चौकी शान्तिघाटले डिविजन बन कार्यालयलाई खबर गरेको थियो । डिविजन वन कार्यालयको टोलीले उक्त मृत चितुवालाई सदमुकाम ल्याएको हो । हुम्ला कर्णाली राजमार्ग अन्र्तगत नदिको किनार नजिकै शुक्रबार मृत अवस्थामा चितुवाको बच्चा फेला परेको डिजिवन वन कार्यालयले जनाएको छ । शुक्रबार साझ नै मृत चितुवा सदमुकाम मान्म पुगाइएको थियो । सदमुकाम मान्म पुगाए लगत्तै पशुसेवा कार्यालयमा पोष्टमार्टम गरिएको छ । ३ किलो २ सय ३० ग्राम तौल रहेको चितुवाको बच्चालाई सिकारीले गोली हानेको आशंका गरिएको…

Read More