धनगढी – कैलालीको खानीडाँडामा जिप दुर्घटना भएको छ । शनिबार राति डडेल्धुराको जोगबुढाबाट धनगढीतर्फ आइरहेको सुपप्र०१००१ ज १३६१ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का घाइते भएका छन् । उनीहरुको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटनाको कारण भने खुलेको छैन ।
Facebook Comments Box