धनगढी: सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तीन दिन बन्द गर्ने निर्णय गरेको हो। बाढीपहिरोले देशभर प्रभाव पारेपछि मन्त्रालयले यो निर्णय गरेको हो।
सरकारले आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। यसअघि काठमाडौं महानगरपालिकाले पनि तत्काल विद्यालय सञ्चालन नगर्न सूचना जारी गरेको थियो।
शुक्रबार र शनिबार देशभर भएको वर्षाका कारण व्यापाक जनधनको क्षति भएको छ। सयौँ सडकहरू भत्एिका छन्।
Facebook Comments Box