अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हाे । सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएकाे थियाे ।
विस्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । अमेरिकी सेनाहरुले सोही बलुनको टुक्राहरु निकाल्ने काम थालेका छन् । अमेरिकाले यो बुलन चीनले गुप्तचरी प्रयोजनका लागि उडाएको दावी गरिरहरेको छ ।
तर चीनले भने गुप्तचरी प्रयोजन नभएर याे बलुन मौसमी अध्ययनको लागि उडेको प्रतिक्रिया दिएको छ ।
Facebook Comments Box