Author: Dipak Dhamala

काठमाडौं-  कैलालीको धनगढीबाट भन्सार छलेर ल्याइएको २२ बोरा चिनी बरामद भएको छ। बुधबार राति ९ बजे धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट उक्त चिनी र ३ पेटी चक्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सामान सोही ठाउँ बस्ने ४९ वर्षीय भानबहादुर ठकुल्लाले सु.प.प्र.०१–००१स ४९३१ नम्बरको अटोमा ल्याइरहेको अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उक्त अटो, अटो चालक र बरामद भएको सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको कैलाली प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

Read More

काठमाडौं- डोटीमा भिरबाट लडेर एक जना वृद्धा गम्भीर घाइते भएकी छन्। डोटीको शिखर नगरपालिका–३ देकुरालीकी ६० वर्षीया पवि सार्की लडेर घाइते भएकी हुन्। कालागाडबाट घर जाने क्रममा उनी लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए। अहिले उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेकोे छ ।

Read More

काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए । नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

Read More

काठमाडौं- जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए ।  उनका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भारतको गोरखपुरस्थित रेलवे स्टेसनबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो ।”  उद्धार गरिएका नुवाकोटका १०, रसुवाका पाँच र कैलालीका एक गरी १६ बालबालिकामध्ये अधिकांंश १२ वर्षमुनिका छन् । बाल कल्याण समिति बस्ती उत्तर प्रदेशको अनुमतिमा…

Read More

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा उनले यस्तो बताएका हुन् । स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा उपभोग हुने कुल वस्तुको ६० देखि ७० प्रतिशत स्वदेशी नै हुनुपर्ने सीमा तोकिनु पर्ने थापाले बताए । ‘सरकारी कार्यालयमा कुल उपभोगको ६०(७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौँ,’ थापाले भने, ‘देशमा सर्वसुलभ रूपमा उपलब्ध हुने वस्तु मात्रै हामीले प्रयोगमा ल्यायौँ भने हाम्रा ती उत्पादन मूलक उद्योगको…

Read More

काठमाडौं- कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।  वर्षायाममा नेपाल आउने पर्यटक तुलनात्मक रूपमा कम हुने भए पनि यस वर्षको अगस्टमा मात्रै ४१ हजार ३०४ जना पर्यटक नेपाल भित्रिएको देखिन्छ। सन् २०२० को अगस्टमा जम्मा २५६ पर्यटक नेपाल भित्रिएकामा सन् २०२१ को सोही समयमा पाँच हजार ९१७ जना विदेशी नेपाल भित्रिएका थिए। सन् २०१९ को  अगस्टको तुलनामा यो वर्षको…

Read More

काठमाडौं-संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।   आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्‍ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

Read More

काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ। स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्ग्याएका हुन्। यस्तै प्रदेशका अन्य ९ क्षेत्रको भागबण्डा भने मिलेको छैन। यद्यपी छलफल जारी रहेको बताइएको छ। गठबन्धनमा हालसम्म भएको सहमतीअनुसार डडेल्धुरामा कांग्रेसबाट शेरबहादुर देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसकै आरजु देउवालाई सबै दलले समर्थन गर्ने सहमती जुटेको छ। यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको भागमा परेको छ। क्षेत्र नम्बर २ र ३ नेपाली कांग्रेसले लिने सहमती भएको छ भने बाजुरा र दार्चुला पनि कांग्रेसले लिने जनाइएको…

Read More

काठमाडौं- कैलालीमा आधा जलेको कंकाल भेटिएको छ। बुधबार जिल्लाकोको गोदावरीमा जलेको अवस्थामा घाँटी छेदन गरेको मानव कंकाल भेटिएको हो।  प्रहरीका अनुसार स्थानीयले गोदावरीमा मानव कंकाल देखेपछि सूचना दिएका थिए। गोदावरीको आर्यघाटमा टाउको र घाँटी बाहेकको शरीर नभएको कंकाल भेटिएको हो। उक्त कंकालबारे विस्तृत विवरण खुलेको छैन।  प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ। 

Read More

काठमाडौं- आज गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाका कारण पहाडी तथा भिरालो जमिनमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा…

Read More