काठमाडौं- कैलालीमा आधा जलेको कंकाल भेटिएको छ। बुधबार जिल्लाकोको गोदावरीमा जलेको अवस्थामा घाँटी छेदन गरेको मानव कंकाल भेटिएको हो।
प्रहरीका अनुसार स्थानीयले गोदावरीमा मानव कंकाल देखेपछि सूचना दिएका थिए। गोदावरीको आर्यघाटमा टाउको र घाँटी बाहेकको शरीर नभएको कंकाल भेटिएको हो। उक्त कंकालबारे विस्तृत विवरण खुलेको छैन। प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box