Author: Dipak Dhamala

काठमाडौं-  नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी एवम् पूर्वमन्त्री बिना मगरलाई प्रतिनिधि सभामा र उनका स्वकीय सचिव (पिए) लाई प्रदेश सभामा सिफारिस गरेको छ। कञ्चनपुर १ प्रतिनिधिसभाका लागि पूर्वमन्त्री मगर प्रत्यक्षतर्फ सिफारिस हुँदा उनका स्वकीय सचिव दीपक प्रसाद तिमिल्सिना प्रदेश सभाका लागि सिफारिस भएका छन्। माओवादीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले उनीहरुको नाममा सिफारिस गरेको हो। प्रदेशसभा सिफारिस हुने पूर्वमन्त्रीका स्वकीय सचिव तिमिल्सेना माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पनि हुन्। प्रत्यक्षतर्फ उनी सर्वसम्मत भने सिफारिस भएनन्। उनीसँगै कञ्चन गिरी, दीपक बिसी (आदर्श), भक्ता राना, लोकेन्द्र लम्साल पनि सिफारिस भएका छन्। प्रदेश सभा क मा पाँच जना सिफारिस…

Read More

काठमाडौं- मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेतासहितको कार्यदलको बैठकमा संयोजक कृष्ण सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।  कार्यदलले सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सो प्रतिवेदन शीर्ष नेतृत्वबाट थप अध्ययन गरेर सिट बागबण्डाबारे टुंगो लगाउने बताइएको छ । त्यसका लागि शुक्रबार पनि बैठक बोलाइएको कार्यदलका एक सदस्यले जानकारी दिए ।  बैठकपछि सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिवेदनमाथि छलफल जारी रहेको बताए । उनका अनुसार प्रतिवेदनउपर आज पनि शीर्ष नेतृत्वसँग लामो छलफल…

Read More

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार उनलाई एक विज्ञप्ति जारी गर्ने निलम्बन गरेको जनाएको छ ।  विज्ञप्तिमा क्यानले लेखेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा मिति २०७९ भाद्र २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निज उपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिको निर्णय अनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ ।’ छ ।’

Read More

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालको दिगो विकास लक्ष्य पूरा गर्न पूर्वाधारमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीवार परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । उनले पूर्वाधार विकासमा जीडीपीको करिव ९.५४ प्रतिशत लगानी हुनुपर्ने भएपनि अहिले ३ प्रतिशत मात्रै भएको बताए । अध्यक्ष अग्रवालले मुलुकमा तीब्र आर्थिक विकासको लागि पूर्वाधार निर्माण आवश्यक रहेको बताए । उनले  आर्थिक विकासको लागि भौतिक पूर्वाधार मात्रै नभई प्रविधिको विकास पनि आवश्यक रहेको बताए । अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रबाट लाभ उठाउन सक्ने अथाह सम्भावना रहेको बताए…

Read More

काठमाडौं- निर्धारित मिति अगावै आयोजना भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न भएको दिनको पहिलो खेलमा एनआरएनएले विजयी शुरुवात गरेको हो । वर्षाका कारण ६ ओभरमा घटाएपछि खेल आरम्भ भएको थियो । ७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका खडक बोहराले सर्वाधिक १२ रन बनाए । यसबाहेक, कप्तान राजु रिजालले ११ रन बनाउँदा वसन्त खत्रीले १० रन जोडे पनि जितका लागि पर्याप्त भएन ।  एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले समान तीन/तीन…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा सिट बाँडफाँडबारे सहमति जुटिनसकेको संकेत गरेका छन् ।  नेपाल उद्योग परिसंघको पूर्वाधार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धनमा सहमति जुटाउन गम्भीर छलफल भइरहेका बेला आफु कार्यक्रममा सहभागी हुन आएको बताए ।   उनले भने, ‘अहिले म यो समिटमा आउँदा पनि गठबन्धनको बैठकबाट आएको छु । सायद यो उद्घाटन समारोहमा स्वयं प्रधानमन्त्री नै उपस्थित हुने कुरा पनि थियो । पछि अन्य कामको व्यस्तताले होला त्यो अवसर मलाई जुट्यो’, प्रचण्डले भने, ‘फेरि यहाँबाट फर्केर म उतै (बालुवाटार) जानुपर्ने जस्तो अवस्था पनि छ ।’  कार्यक्रममा उनले सरकार र नीजि…

Read More

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि खेल क्षेत्र तरंगित बनेको छ । प्रहरीमा परेको जाहेरीअनुसार सन्दीपले नाबालिगलाई भक्तपुरको नगरकोटामा दिनभर घुमाएर राति काठमाडौंमा ल्याई बलात्कार गरेको आरोप लागेको छ । भदौ ५ मा लामिछानेले आफूलाई नगरकोटमा घुमाएको र काठमाडौंमा ल्याएर पटक पटक बलात्कार गरेको नाबालिगले प्रहरी वृत्त गौशालामा दिएको जाहेरीमा उल्लेख छ । यसैबीच गौशालाबाट खटिएको प्रहरी टोलीले नगरकोटमा उनीहरु बसेको रेष्टुरेण्ट/होटलको सिसिटिभी जाँच गरेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार नाबालिगको सूचनाका आधारमा हेर्दा नगरकोटका  होटलको क्लोज सर्किट (सिसी) क्यामरामा उनीहरु घुमेको दृश्य भेटिएको छैन । होटल संचालकले ‘सिसिटिभी ले काम गर्दैन’ भनेपछि…

Read More

काठमाडौं- वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वर्षौँदेखि बग्रेल्ती समस्या भोग्दै आएका छन् । तलब नपाउने, ठगिने, काममा पेलाइने, सम्झौताअनुसार सेवा सुविधा नदिएकोदेखि शारीरिक तथा मानसिक यातना नभोग्ने कमै छन् ।  जुन जोगी आए नि कानै चिरेका भनेझैँ जुन सरकार आए नि यस्तो खालको समस्या छ भन्ने तर समाधानका लागि खासै पहल गरिएको छैन । यसै क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ती समस्या समाधानका लागि रणनीतिक योजना अघि बढाएको छ ।  मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले समस्या समाधानका लागि ५ वटा रणनीति अवलम्बन गरिएको बताए ।  सम्झौता: समयसापेक्ष अपडेट सरकारले वैदेशिक रोजगारमा देखिएका समस्या समाधानको लागि पहिलो रणनीतिका रूपमा सम्झौता…

Read More

काठमाडौं-   सुदूरपश्चिमका नवराज जोशीलाई गृह मन्त्रालयले २०७९ सालको उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरेको छ। निजामती सेवा दिवस २०७९ को अवसरमा बैतडीको दोगडाकेदार गाउँपालिका–३ का जोशी उत्कृष्ट कर्मचारीका रुपमा छनोट भएका हुन्। गृह मन्त्रालय सिंहदरबारमा कार्यरत नायब सुब्बा जोशी नगद पुरस्कारसहित सम्मानित भएका छन्। उनलाई दिवसका अवसरमा गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयका सचिव टेकनारायण पाण्डेले प्रशंसा–पत्र र नगद १० हजारसहित पुरस्कृत गरेका हुन्। जोशीले गृह मन्त्रालयमा रही इमानदारिता, लगनशिलता एवं दक्षतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरी गृह मन्त्रालयमा पुर्याएको योगदानको कदर गर्दै मन्त्रालयले वर्ष २०७९ को उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरेको हो। २०७३ सालमा नायब सुब्बा पदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट…

Read More

काठमाडौं- धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने भएको छ। धरान उपमहानगरपालिकाका नगर प्रहरीले धरानको समग्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको हो। धरानका प्रमुख हर्कराज राई साम्पाङको अवधारणाअनुसार धरानमा विभिन्न खोला, नाला, वन क्षेत्रलगायत बजारसमेतको निगरानीमा नगर प्रहरीले ड्रोन प्रयोग गर्न थालेको हो। धरानको स्थानीय सर्दु, खर्दु र निशाने खोलामा भइरहेको वृक्षारोपण, खानेपानीको मुहान निर्माण तथा सरसफाइ अभियानको निगरानी गर्ने काम ड्रोनबाट गर्न सुरु गरिएको प्रमुख साम्पाङले बताए। केही दिनअघि खरिद गरिएको ड्रोनको सर्दु खोला क्षेत्रमा प्रमुख साम्पाङलगायत नगर…

Read More