Author: Dipak Dhamala

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको भनिएको होटलबाट प्रहरीले प्रमाण संकलन गरेको छ । प्रहरी वृत गौशालाबाट खटिएका अनुसन्धान अधिकृतहरूले बुधवार एयरपोर्टस्थित ‘काठमाडौं इन’ होटलमा पुगेर होटलको क्लोज सर्किट (सिसि) क्यामराका दृश्य संकलन गरेका हुन् । अनुसन्धान अधिकृतहरूले होटलका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् । भदौ ५ मा राति ११ बजे र ५५ मिनेटमा सन्दीपले नाबालिगलाई सो होटलमा लगेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेस नोटमार्फत जानकारी दिएको छ । भदौ ६ मा १२ बजेर २५ मिनेटपछि आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको नाबालिगले जाहेरीमा उल्लेख गरेकी छन् । नाबालिग काठमाडौंको एक क्याम्पसमा कक्षा १२ मा पढ्छिन्…

Read More

दिपक धमाला काठमाडौं- अछामको पञ्चदेवल विनायक नगरपालिकाले चालु आर्थिक वर्ष २०७९ र ०८० को बजेट पेस गरेको छैन। नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बजेट पेस नगरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अटेरी गरी बजेट पेस नगर्ने स्थानीय तह २ वटा रहेका छन् । नियमअनुसार स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेस गरिसक्नु पर्ने व्यवस्था रहेको छ। तर सुदूरपश्चिमका दुई स्थानीय तहले भने बजेट पेस नगरेका हुन्। तर त्यसपछि बजेट भने ल्याएको छैन। यस्तै बझाङको बुङ्गल नगरपालिकाले पनि हालसम्म बजेट पेस गरेको छैन। आगामी आर्थिक वर्षका लागि बुङ्गल नगरपालिकाले गत जेठमा नगरसभामा …

Read More

काठमाण्डाै – सरकारले डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने भएको छ । बुधबार  मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो । जसअन्तर्गत डेंगु सार्ने लामखुट्टेको लार्भा खोजिने र नट गर्ने अभियान चलाइने छ ।  बैठकपछि जारी विज्ञप्तिमा  डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य–दृश्य सामाग्री तयार गरी विभिन्न तह तथा माध्यमबाट प्रचार प्रसारको व्यवस्था मिलाउने तथा रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोवाईल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने उल्लेख छ । त्यस्तै रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक…

Read More

काठमाण्डाै – पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३६ जनाको नमुना परीक्षण गर्दा दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ७८ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार पाँच सय पाँच जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक लाख ६५ हजार दुई सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको…

Read More

काठमाण्डाै – दार्चुला प्रशासनमा भट्ट उत्कृष्ट कर्मचारी घोषित दार्चुलामा १९ औं निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइएको छ । निजामति दिवसको अवसरमा बुधबार जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा सहित प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सम्मान गरेका थिए । त्यसैगरी कार्यालयमा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको छ । ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील तथा उत्तरदायी भई निःस्वार्थभावले अनवरत रूपमा सेवा प्रवाह गरी सेवाग्राहीलाई पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै यस वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरि सम्मान गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा कार्यरत कम्प्युटर अप्रेटर मोहन भट्टलाई प्रमाणपत्र प्रदान गरिएको छ । उनलाई प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले…

Read More

काठमाडौं – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुजी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो ।  विवाद बढ्दै जाँदा चिकित्सकहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् । यसअघि मंगलबार चिकित्सकले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेका थिए । उनीहरुले पक्राउ पुर्जी फिर्तासहित चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

Read More

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले किशोरीलाई लगेर जबरजस्ती करणी गरेको भनिएको होटलको क्लोज सर्किट (सीसी) क्यामराका दृश्य प्रहरीले संकलन गरेको छ । ती दृश्यमा लामिछाने र पीडित भनिएकी युवती ५ भदौमा होटलको कोठा नम्बर ३०५ सम्म पुगेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार होटल काठमाडौं इनमा लामिछाने किशोरीसहित राति ११:५५ बजे पुगेका थिए । उनीहरु बिहान साढे ६ बजेतिर फर्किएको देखिएको एक प्रहरी अधिकृतले बताए । ‘यसले घटना भएको भनिएको दिन पीडित र लामिछानेसँगै भएको देखाउँछ, होटलका कर्मचारीले पनि दुईजनाको उपस्थितिलाई पुष्टि गरिदिएका छन्,’ एक अधिकृत भन्छन्, ‘लामिछाने नियमित जाने होटल भएकाले…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता डा. भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना अघि बढाउने जिएमआर कम्पनीसँगको सम्झौता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।   बुधबार सो आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्दै नेता रावलले लामो समयदेखि आयोजना ओगट्ने काम मात्रै गरेको उल्लेख गर्दै भारतीय कम्पनीसँगको सम्झौता तत्काल खारेज गरी जनताको सहभागितामा सरकार आफैंलाई अगाडि बढाउन पनि आग्रह गरे ।  उनले विगतमा गरिएको सर्तहरू उलंघन गर्ने, नेपालको राष्ट्रिय हित विपरित हुनेगरी सो कम्पनीले गतिविधि गरिरहेकाले सो सम्झौता रद्द गरेर नेपाल सरकार आफैंले वित्तिय व्यवस्थापन गरेर आयोजना अघि बढाउनुपर्ने स्पष्ट पारे ।  नेता रावलले…

Read More

काठमाडौं – दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । मंगलबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए । योसँगै सर्वसाधारण नागरिकले असोज १ गतेदेखि नै सार्वजनिक यातायातको टिकट काट्न पाउने भएका छन् । साथै, मंगलबारको बैठकले यातायात व्यवसायीसँग ९ बुँदे सहमति समेत भएको प्रवक्ता पनेरुले जानकारी दिए ।​

Read More

दिपक धमाला काठमाडौं – नेकपा (एमाले) अछाम क्षेत्र नम्बर २ बाट प्रदेश शभामा (क) बाट समानुपातिक तर्फ निर्मला धमाला न्याैपानेकाे नाम सिफारिष भएको छ । न्याैपाने नेकपा एमालेकाे आठौं जिल्ला महाधिवेशनबाट लाेकप्रिय मतका साथ विजयी एमाले अछामकाे जिल्ला कमिटी सदस्य हुन । बिगत १५ बर्ष देखि अनेरास्ववियुबाट सकृय राजनीति गर्दै नेकपा (एमाले) प्रतिनिधि शभा क्षेत्रिय कमिटी क्षेत्र नं. २ काे दुई कार्यकाल सचिवालय सदस्य भइसकेकी न्याैपाने पार्टीको तुर्माखाँद गाउँपालिकाकाे सचिवालय सदस्य तथा प्रचार विभागकाे इन्चार्ज समेत भइसकेकी छिन । निरन्तर १५ बर्षदेखि समाजसेवा र राजनीतिमा सक्रिय न्याैपानेले हालसम्म कुनै प्रकारको लाभकाे पद नलिएकाे र आफू युवा भएकोले जोँस जाँगरका साथ अग्रजहरुको…

Read More