दिपक धमाला काठमाडौं- अछामको पञ्चदेवल विनायक नगरपालिकाले चालु आर्थिक वर्ष २०७९ र ०८० को बजेट पेस गरेको छैन। नयाँ आर्थिक वर्ष सुरु भएर दुई महिना बित्न लाग्दा पनि अझै बजेट पेस नगरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अटेरी गरी बजेट पेस नगर्ने स्थानीय तह २ वटा रहेका छन् । नियमअनुसार स्थानीय तहले असार मसान्त भित्र चालु आर्थिक वर्षको बजेट पेस गरिसक्नु पर्ने व्यवस्था रहेको छ। तर सुदूरपश्चिमका दुई स्थानीय तहले भने बजेट पेस नगरेका हुन्।
तर त्यसपछि बजेट भने ल्याएको छैन। यस्तै बझाङको बुङ्गल नगरपालिकाले पनि हालसम्म बजेट पेस गरेको छैन। आगामी आर्थिक वर्षका लागि बुङ्गल नगरपालिकाले गत जेठमा नगरसभामा नीति तथा कार्यक्रम पेस गरिएको थियो ।
Facebook Comments Box