Author: Dipak Dhamala

काठमाडौं – हाल देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १,  बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।  भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा…

Read More

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सबभन्दा धेरै चुनाव जित्ने सीमित नेताहरुमा पर्छन् । २०४८ देखि डडेलधुराबाट निर्वाचन लड्दै आएका उनले ६ वटा चुनाव जितेका छन् । देउवाले हालसम्म लडेको चुनावमा सबभन्दा चुनौती खेपेको २०६४ को पहिलो संविधानसभामा हो । त्यो बेला देउवाले २० हजार ५२९ मत ल्याउँदा माओवादी केन्द्रका खगराज भट्टले १९ हजार १६१ मत पाएका थिए । २०७० र २०७४ को चुनावमा पनि देउवासँग प्रतिस्पर्धा गरेका भट्ट यो पटक देउवालाई समर्थन गर्न तयार छन् । त्यसको बदलामा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने सुनिश्चित गरेर डडेलधुराबाट प्रदेशसभा चुनाव लड्ने उनको शर्त छ । ‘मेरा केही सर्त छन्,…

Read More

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १८ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४८ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर…

Read More

काठमाडौं – एसिया कप क्रिकेटमा साविकको विजेता भारतलाई श्रीलंकाले हराएको छ ।  मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।  श्रीलंकाका लागि पाथुम निसंका र कुशल मेन्डिसले अर्धशतकीय पारी खेले । निसंकाले ५२ रन बनाउँदा मेन्डिसले ५७ रन जोडे । त्यस्तै दुशन शान्सकाले ३३ रन बनाउँदा  भानुका राजपाक्छे । भारतका लागि युजेभेन्द्र चहालले तीन विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ७२ रनको अर्धशतकीय पारी खेले ।…

Read More

काठमाडौं- आगामी निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनमा ‘तालमेल हुने कि नहुने ?’ भन्ने मूल चुरो चार पदमा अड्किएको छ । कहिले भागबण्डा मिलेजस्तो त कहिले असहमति बढेजस्तो देखिँदै गठबन्धनभित्र राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सभामुख र राष्टिय सभा अध्यक्षमा ‘बार्गेनिङ’ जारी छ । निर्वाचन क्षेत्रअनुसार सहमति खोजेर तालमेलको गाँठो फुकाउने कसरतमा रहेका पाँच दलीय गठबन्धन आबद्ध दलबीचमा मूलगाँठो भने ती चार पदको भागबन्डामा अड्किएको हो । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले आगामी निर्वाचनपछि राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा इच्छा देखाएको छ । त्यस्तै, माओवादी केन्द्रले प्रधानमन्त्री पदमा चाहना गरिरहेको छ । नेकपा एकीकृत समाजवादीको पनि निर्वाचनपछिको राष्ट्रपति पदमा दाबी देखिएको छ ।…

Read More

 काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध  बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले जानकारी दिए । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबालिगको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताए ।सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्कारको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

Read More

काठमाडौं-  बुर्किना फासोको उत्तरी क्षेत्रमा आपूर्ति बोकेको एउटा गाडिमा विस्फोटक पदार्थ प्रहार हुँदा कम्तीमा ३५ सर्वसाधारणको मृत्यु  भएको छ । घटनामा अन्य ३७ जना घाइते भएका छन् । बौर्जांगादेखि जिबोको बीचको सडक खन्डमा  एउटा समूहले सो विस्फोट गराएको सहेल क्षेत्रका गभर्नर रोडोल्फे सोर्गोले एक विज्ञप्तिमा बताएका छन् । सशस्त्र जिहादी समूहले सो हमला गरेको हो अनुमान गरिएको छ ।   गाडि उत्तरबाट बुर्किना फासोको राजधानी ओवागाडोउको लागि प्रस्थान गरेको थियो । गाडिभित्र सर्वसाधारण र व्यापारी थिए । यसअघि जिहादी समूहले उत्तरका सहर डोरी र जिबोतर्फ जाने सडकमा गराएका विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

Read More

काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।  स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ । 

Read More

काठमाडौं- भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा, मकवानपुर, बागमती र फर्साटिकर एफसी प्रतियोगितामा सहभागी हुने प्रतियोगिताका संयोजक ध्रुव भुसालले जानकारी दिए । उनका अनुसार अफ्रिकन युनाइटेड क्यामरुन र भारतको मोतिहारीसमेत प्रतियोगितामा सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा विजेताले गोल्डकप उपाधिसहित रु सात लाख  र उपविजेताले रु…

Read More

काठमाडौं-  संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  विधेयक आजै संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । 

Read More