Author: Saru Shrestha

धनगढी – कैलालीको गौरीगंगा नगरपालिकामा भोली मंगलबारदेखि आयोजना हुने जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप २०७९ को तयारी पुरा भएको छ । ‘खेलौ फूटबल रमेर, खेलकुदको संन्देश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा हुने सुदुरपश्चिम गौरीगंगा गोल्डकपको तयारी पुरा भएको आयोजकले आज सोमबार पत्रकार सम्मेल गर्दै जानकारी दिएको हो । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नु हुनेछ । उद्घाटन खेलमा आयोजक गौरीगंगा ११ स्पोर्टस क्लब र डोटी जिल्लाको टीम भिड्नेछन । प्रतियोगिता चैत ३० गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक गौरीगंगा–११ सँगै कैलाली, कञ्चनपुर,…

Read More

धनगढी – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका चार नेपाली नागरिकमाथि निर्घात कुटपिट गरेको छ। राति आवतजावत बन्द भएपछि आएको भन्दै उनीहरुलाई उत्तराखण्डस्थित वनबासा पुलवारी रहेका एसएसबीले गएराति भीमदत्त नगरपालिका–१० गड्डाचौकीका सुरेन्द्र कार्की, रमेश गिरी तथा भीमदत्त–५ का रतन ठगुराठी र गोबिन्दप्रसाद जैसीलाई कुटपिट गरेका हुन्। एसएसबीबाट कुटिएका सुरेन्द्र कार्कीले आफन्त ल्याउन बनबासा जाने क्रममा एसएसबीका जवानले कुटपिट गरेको बताए। ‘भारतबाट नेपाल आफन्त आउन लागेका थिए,’ उनले भने, ‘उनीहरुलाई ल्याउन म त्यहाँ जाँदै थिए, एसएसबी क्याम्प भन्दा ३०/४० मिटर वर नै रोकेर ब्यारेल बन्द भयो, जान पाइँदैन भनेर रोक्यो, जाने नै भए उता सा’बलाई सोधेर आउ भन्यो, सोध्न जाँदै थिएँ…

Read More

तनहुँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।  तनहुँ क्षेत्र नम्बर १ मा उपचुनाव लड्न उनले मनोनयन दर्ता गराएका हुन्  । प्रस्तावकमा विश्वनाथ वास्तोला छन् भने  समर्थकमा रूपक विक घिमिरे छन् ।

Read More

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताको समय सकिए पनि उम्मेदवारी दर्ता जारी छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय दिइएको थियो । ५ बजेसम्ममा २० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा १२ दल र आठ जना स्वतन्त्रको उम्मेदवारी दर्ता भएको छ ।

Read More

सुर्खेत – दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ । यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो । जिपमा सवार १४ जना यात्रु घाइते भएका छन् । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Read More

कैलाली – कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका छन् । उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको कैलाली प्रहरीले बताएको छ । उनीहरु विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौं – नेपालको संविधानले प्रदत्त गरेको गोपनीयताको हक तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसायले सर्वसाधारणको टेलिफोन कुराकानी रेकर्ड गर्ने गरी सरकारले कानुन संशोधन गर्न लागेकोमा नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ ।  युनियनले आइतबार एक विज्ञप्ति प्रकाशित गरी कानुन बनाएर व्यक्तिको गोपनीयता अतिक्रमण गर्न प्रयास गर्ने कार्य निन्दनीय भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ को परिच्छेद १२को दफा ७७मा सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच राख्न सक्ने व्यवस्था छ । प्रस्तावित विधेयकमा ‘सेवा प्रदायकको प्रणालीमा सोझै पहुँच राखेर जुनसुकै व्यक्तिका कुराकानी रेकर्ड गर्ने र उपयुक्त…

Read More

वीरगंज – भूमि सुधार तथा मालपोत कार्यालय बारामा कार्यरत खरिदार एवं एक जना लेखनदास पक्राउ परेका छन् । उनीहरुलाई १५ हजार घुसको रकमसहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा दुवैलाई पक्राउ गरेको जनाएको छ । मालपोत बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखनदास गौरीशंकर कुशवाहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले बाराको कलैयामा स्टिङ अपरेशन सञ्चालन भएको बताए ।

Read More

काठमाडौँ – सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग गर्नेसम्मका निर्णयहरू गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमेत सहभागी बैठकले धेरै कैद, दण्ड, जरिवाना र सरकारी बिगो रकम असुल गर्न बाँकी १७ जिल्लाको फरार कसुरदारको सूचना सीआईबीलाई दिने निर्णय गरेको छ । ७७ जिल्लामध्ये काठमाडौँ, पर्सा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर रुपन्देही, सुनसरी, झापा, कास्की, गोरखा, मकवानपुर, सर्लाही, उदयपुर,…

Read More

काठमाडौं – नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताएका छन् । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवा गर्नुको कुनै औंचित्य नभएको बताएका हुन् । ‘वर्षौँदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको छ । १०औं हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरिएको छ, यो सरासर गलत छ, यसप्रति मेरो घोर आपत्ति छ,’ जोशीले सामाजिक सन्जालमार्फत भनेका छन् । उनले विगतमा पटक-पटक वार्ता टोली नै बनाएर…

Read More