अछाम – अछाममा करिव ५५ प्रतिशत मतदान भएको छ । दुई वटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको अछाममा करिव ५५ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिए । जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले मतदान गरेका उनले बताए । जिल्लामा क्षेत्र नम्बर १ मा ३८ हजार १३३ पुरुष, ४० हजार ९०२ महिला र १ जना अन्य गरी ७९ हजार ३६ मतदाता रहेका थिए । यसैगरी क्षेत्र नम्बर २ मा…
Author: Saru Shrestha
बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा तीन जना घाइते भएका छन् । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन घाइते भएको प्रहरीले जनाएको छ । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टका अनुसार एक जनाको अवस्था गम्भीर छ । घाइतेहरूको पहिचान हुन नसकेको प्रहरीको भनाइ छ । घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ ।
काठमाडौं – निर्वाचन आयोगले आइतबार राति ७:५० बजे पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो । आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिए पनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।
बाँके – बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चो बाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
काठमाडौं – प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ । आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ । जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, राैतहटकाे गुजरा-४ समेत गोली चलेको छ । बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी-९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी…
महोत्तरी – महोत्तरीको बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ ७ बजे बर्दिवास ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए । सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेपछि गाडी नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ । पत्राउ परेको गाडी इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा रहेको प्रहरी प्रमुख पंगेनीले जानकारी दिए । मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामग्री लिएर हिँडेको गाडी र चालकसहित निर्वाचन कार्यालयमा कारबाहीका लागि…
लमजुङ – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने समय नजिकिए सँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् । बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिवार राती मतदान केन्द्रमा पुगेका हुन् । प्रतिनिधि सभातर्फ एउटा निर्वाचन र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि…
काठमाडौं – निर्वाचन सुरक्षाअन्तर्गत नेपाली सेनाले ९ सय ३० बम डिस्पोजल टोली खटाएको जनाएको छ । शुक्रबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले ९ सय ३० बम डिस्पोजल टोली खटिसकेको र आवश्यकताअनुसार १ हजार ५० हजार वटासम्म टोली खटाउन सकिने जानकारी दिए। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तर्जुमा गरी सुरक्षाकर्मी परिचालन गरिएको गृह सचिव सिंहले बताए । पछिल्लो समय केही समूहले चुनाव विरोधी गतिविधि गरिरहेकोमा त्यस्ता गतिविधि सह्य नहुने र कडा रुपमा प्रहरी प्रशासन पस्तुत हुने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनमा दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी परिचालन…
धनगढी – आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सवै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र पम पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए । भट्टका अनुसार सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्य ४ सय ५ मतदान स्थल मात्र भौगोलिक तथा सुरक्षाका दृष्टिले सामान्य स्थितमा राखिएका छन् । तर ७ सय ५६ स्थल भने सुरक्षाका दृष्टिले संवेदनशिल र अति संवेदनशिल मतदान स्थलको सूचिमा राखिएका छन् । प्रदेशका ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय…
धनगढी – कैलालीमा एक घरमा आगलागी भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो । परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन् । आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थलतर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।