लमजुङ – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने समय नजिकिए सँगै हिमाली जिल्ला मनाङको दुर्गममा रहेको नार्पाभुमी गाउँपालिकामा दुई दिनको पैदल यात्रा पछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेका छन् ।
बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहिवार राती मतदान केन्द्रमा पुगेका हुन् ।
प्रतिनिधि सभातर्फ एउटा निर्वाचन र प्रदेश सभातर्फ २ निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचनको तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार मनाङको नार्पाभुमी गाउँपालिकाको ५ वटा मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगेका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि मनाङमा दुई सय कर्मचारी र ६ सय ८७ सुरक्षाकर्मी खटिएका छन् ।
एउटा मात्रै प्रतिनिधिसभा र दुईवटा प्रदेश सभा रहेको यस मनाङमा ६ हजार सात सय ७९ मतदाता छन्।