काठमाडौँ – विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन भएकी छिन् भने महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ। शनिबार पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको विवेकशील साझाले जनाएको छ। उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ। हिजोदेखि महाधिवेशन काठमाडौंमा जारी छ।
Author: Saru Shrestha
घोराही – नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह मुलुकमा बलियो गठबन्धन आवश्यक भएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले राजनीतिक स्थायित्वका लागि बलियो राजनीतिक गठबन्धनको खाँचो रहेको बताए । ‘मुलुक र जनताको हितका निमित्त राजनीतिक समीकरण फेरबदल भइरहन्छन्, अब पनि आवश्यकताअनुसार राजनीतिक समीकरण बदलिनुलाई स्वाभाविक मान्नुपर्छ’, उनले भने । सुदूरपश्चिम प्रदेशमा सरकार फेरबदलको प्रसङ्ग कोट्याउँदै नेता सिंहले अहिलेको गठबन्धन दिगो रूपमा जान नसकेको आरोप लगाए । सङ्घीयतालगायत उपलब्धि कार्यान्वयनसँगै मुलुकको हितका लागि बलियो गठबन्धन आवश्यक भएको उनको भनाइ थियो । काँग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका राम्रा कामलाई…
काठमाडौँ – नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यममाथि लगाएको आरोपको विरोध गरेका छन् । लामिछानेको अभिव्यक्तिका विषयमा महासङ्घले शनिबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा उनीहरूले लामिछानेले सञ्चारमाध्यममाथि गरेको टिप्पणी सामान्य नभएको भन्दै विरोध गरेका हुन् । कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष डा। महेन्द्र विष्टले लामिछानेले अराजक अभिव्यक्ति दिएको भन्दै उनको शैली धम्कीका विषय स्वीकार्य हुन नसक्ने बताए । उनले राज्यले लामिछानेको अभिव्यक्तिलाई नोट गर्नुपर्ने र हिंसा भड्काउने अभिव्यक्तिलाई रोक्नुपर्ने धारणा राखे । त्यस्तै, महासङ्घका पूर्व अध्यक्ष शिव गाउँलेले नेपाली प्रेस जगतमाथि लगाइएको लाञ्छनाप्रति क्षमा याचना गर्नुपर्ने बताए । उनले कसैले धम्की दिँदैमा नेपाली प्रेस जगत नहल्लने…
तनहुँ – तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । शनिबार बिहान व्यास नगरपालिका–११ को निर्वु सामुदायिक वनमा उक्त कंकाल फेला परेको हो । मृतकको नाम थर र लिङ्ग पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए विवरणसहित घटनास्थल र शव जाँच मुचुल्का गरी सो कंकाल पोस्टमार्टम र सनाखतका लागि दमौली अस्पतालको शव गृहमा राखिएको छ । सो घटनास्थल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एजेन्सी – टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा २० हजार छ सय ८५ जना तथा सिरियामा तीन हजार पाँच सय जनाले ज्यान गुमाएका छन् । मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्कीए र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् । टर्कीएले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । उद्धारकर्मीहरू भूकम्पपछिका एक…
काठमाडौँ – बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण 9मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव गरेको हो । “रु पच्चिस करोडभन्दा बढी शेयर पूँजी भएका वा वार्षिक रु ५० करोडभन्दा बढीको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सहकारीसम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरीवेक्षणको काम नेपाल राष्ट्र बैंकले गर्नेछ”, विधेयकमा भनिएको छ । ऐनमा संशोधन गरेर बचत…
काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । ‘सुरक्षाको नाममा भिभिआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न आज मिति २०७९ माघ २८ गते बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकलेगरेको निर्णय अनुसार मिति २०७९ माघ २९ गते आईतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल,…
रौतहट – रौतहटको वृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र विश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर शनिबार दुई पक्षबीच झडप भएको छ । झडपमा दुई पक्षका चार जना समान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । ‘झडपमा केही घाइते भएको भन्ने सुन्नमा आएको छ । त्यसतर्फ सुरक्षाकर्मी परिचालन भइसकेको छ । अहिले अवस्था सामान्यजस्तै…
मनिला – फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको सेनाले जनाएको छ । हत्याका आरोपित सैनिकको पनि गोली लागी निधन भएको छ । घटना दिउँसो १ः१० बजे भएको हो । कागायन डे ओरो शहरको क्याम्प इभान्जेलिस्टा भित्र उक्त घटना भएको हो। कमाण्ड ड्युटी अफिसर आर्मी मेजर एल्डन ब्रिनासका हनुसार चार पीडितको घटनास्थलमै मृत्यु भएको हो । शुरुमा गोली हानेपछि बन्दुकधारीले अर्को कोठामा प्रवेश गर्ने प्रयास गरेको तर अन्य सिपाहीहरूले आक्रमणकारीको बन्दुक कब्जा गरेर उसलाई नै गोली हानेको…
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा पाँच जना पत्रकार पुरस्कृत भएका छन् । कान्तिपुरका मातृका दाहाल, अन्नपूर्ण पोस्टका सुरेन्द्र काफ्ले, नयाँ पत्रिकाका सुवास भट्ट, राजधानीका सागर पण्डित र अनलाइन खबरका कृष्ण ज्ञवाली पुरस्कृत भएका हुन् । आयोगको ३२ औं स्थापना दिवसमा शनिबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत पत्रकारलाई भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न समाचार सम्प्रेषणमार्फत पुर्याएको योगदानको कदर गर्दै नगदसहित पुरस्कृत गरेकी हुन् । पुरस्कारको राशि जनही २० हजार रूपैयाँ रहेको छ ।