काठमाडौँ – विवेकशील साझा पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन भएकी छिन् भने महासचिवमा रञ्जु दर्शनालाई चयन गरिएको छ।
शनिबार पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको विवेकशील साझाले जनाएको छ।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।
हिजोदेखि महाधिवेशन काठमाडौंमा जारी छ।
Facebook Comments Box