तनहुँ – तनहुँमा बेवारिसे मानव कंकाल फेला परेको छ । शनिबार बिहान व्यास नगरपालिका–११ को निर्वु सामुदायिक वनमा उक्त कंकाल फेला परेको हो ।
मृतकको नाम थर र लिङ्ग पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त घटनास्थल सुरक्षित गरी घटनास्थलमा देखिए विवरणसहित घटनास्थल र शव जाँच मुचुल्का गरी सो कंकाल पोस्टमार्टम र सनाखतका लागि दमौली अस्पतालको शव गृहमा राखिएको छ ।
सो घटनास्थल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box