Author: Saru Shrestha

धनगढी – कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाई जाने भित्री बाटोमा से२प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने प्रदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । २७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा दुई जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा १५ हजार ५५९ जना कोरोनाभाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।

Read More

पोखरा – गण्डकी प्रदेशले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् । चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो ।

Read More

बाजुरा – बाजुरामा विद्यालयको पर्खाल भत्किदा एक बालकको मृत्यु भएको छ। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ को खापर मष्टेश्वरी आधारभूत विद्यालयमा बिहीबार परिक्षा दिएर घर फर्किने बेला पर्खाल भत्किएर घाईते भएका कक्षा २ माअध्ययनरत ७ वर्षीय बालक कपिल विकको मृत्यु भएको हो। धनगढी लैजाने क्रममा मार्तडी जिल्ला अस्पताल पुग्न नपाउँदै बाउली खोला नजिकै बालकको मृत्यु भएको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्ररीले जनाएको छ।

Read More

बनेपा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले आज बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र सङ्गठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन् । अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनले बताइन् । ‘अब पार्टीलाई पहिलो बनाउनका लागि हर क्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरुणहरूका लागि चुनौती हो’, उनले भनिन्, ‘भोट हाल्ने दिनमा घण्टी,…

Read More

काठमाडौँ – नेपाली काँग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ । काँग्रेसले सात मन्त्रालय पाउने पक्का जस्तै भएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । सत्तारुढ दलहरू सात मन्त्रालय दिनका लागि तयार भए पनि काँग्रेसले आठ मन्त्रालय दाबी गरेको उपसभापति खड्काले बताए ।

Read More

एजेन्सी – युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् । सरकारले बुधबारसम्म कीभ–पेचेस्र्क लाभ्रा छाड्नुपर्ने बताएको छ तर भिक्षुहरूले भने उक्त आदेशको कुनै आधार र योजना नभएको बताएका छन् । चर्चका प्रवक्ता आर्कबिशप क्लिमेन्टले गुम्बामा एएफपीसँग भने, “निष्कासनको कुनै कानुनी आधार छैन ।” भिक्षुहरू रूसी अर्थोडक्स चर्चको अधिकारअन्तर्गत युक्रेनी अर्थोडक्स चर्चका सदस्य हुन् । तर,गत वर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि चर्चले युद्धका समर्थक रुसी प्याट्रिआर्क किरिलसँग सम्बन्ध तोडेको थियो । तर युक्रेन सरकारले उनीहरू अझै पनि मस्कोमा निर्भर छ भन्ने विश्वास गर्दछ । निप्रो नदीको…

Read More

काठमाडौं- नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिन्ह लगाउने भएका छन् । गृहसचिव विनोदप्रकाश सिंहबाट उनले आइतबार बिहान दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । आइतबार नै उनले प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । शनिबारदेखि महानिरीक्षकको कमान्ड सम्हालेपनि बिदाको दिन भएकाले आइतबारदेखि मात्र उनले औपचारिक रुपमा प्रहरी कमान्ड सम्हाल्नेछन् ।

Read More

दमौली – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ-५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन् । रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा आज तनहुँको दमौलीमा आयोजित दोस्रो पिएस मिट तथा पेट्स सेट्स कार्यक्रमको उद्घाटन गर्दै पौडेलले देश विकासका लागि युवा अगाडि सर्नुपर्ने बताए । ‘देश आजको अवस्थामा आई पुग्नुमा युवाको ठुलो भूमिका छ, देशको थप विकासका लागि पनि युवा अग्रसर हुनुपर्छ’, पौडेलले भने, ‘युवाहरू देश बनाउने सोच र सङ्कल्प लिएर हिँड्नुपर्छ ।’ पौडेलले सामाजिक सङ्घसंस्थाले युवालाई नेतृत्व गर्न सिकाएको भन्दै नेतृत्व लिनका लागि युवाहरू पनि जागरूक बन्नुपर्ने धारणा राखे । ‘रोटरी, लायन्स जस्ता क्लबहरूले युवालाई नेतृत्वमा…

Read More

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई नेपाली काँग्रेसले राजीनामा दिन आग्रह गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट काँग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेका हुन् । गण्डकीमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाको समर्थनमा एमालेका अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ । कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्ति सरुवा बढुवा लगायतको काम गर्नु न्यायसङ्गत मानिँदैन,’ पाण्डेले विज्ञप्तिमा भनेका छन्…

Read More