बझाङ – बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा छविस पाथिभेरा गाँउपालिका वडा नं १ का ४० वर्षीय शिवहरी गिरी रहेका छन्। मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ। उनको आज दिउँसो ४ बजेतिर मटेलामा रुखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको थियो।
Author: Saru Shrestha
धनगढी – बाजुरामा मत गणनाको काम पुनः सुरु गरिएको छ। यसअघि यहाँ मुचुल्कामा रहेको भन्दा बढी मत पाइएपछि दलका प्रतिनिधिहरूबीच विवाद पैदा भएको थियो। उम्मेदवार तथा दलका प्रतिनिधिहरूको समझदारीमा गणना पुनः सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभातर्फ हिमाली गाउँपालिका ६ धिममा मुचुल्काभन्दा ४० मत बढी भेटिएको एमालेको आरोप थियो भने प्रदेशसभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मतदान केन्द्रका पेटिकामा मुचुल्काभन्दा ९८ मत बढी पाइएको थियो कांग्रेस कार्यकर्ताहरूले दाबी गरेका थिए। चिर्वाचनमा खटिएका कर्मचारीले कम्प्युटरमा इन्ट्री गर्दा फरक पर्न गएको निष्कर्षमा समझदारी भएको हो।
धनगढी – धनगढीमा विद्यार्थीको आन्दोलनमा जिल्ला प्रहरी कार्यालय कैलालीले बल प्रयोग गरेको स्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि बल प्रयोग गरेको स्वीकार गरेका छन्। उनले विज्ञप्तिमा निषेधाज्ञा तोडेर विद्यार्थीले आन्दोलन गर्न खोजेपछि बल प्रयोग गरिएको जनाएका छन्। हिजो बिहान सडक कालोपत्रे गरिरहेको बेला ग्रेडरले ठक्कर दिएर १५ वर्षीया चेतना साउँदको मृत्यु भएको थियो। धनगढीकै पञ्चोदय कक्षा ८ मा अध्ययनरत साउदको मृत्यु पछि विद्यार्थीले चालकलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका थिए। यसैबीच आज प्रहरीले २३ जनालाई पक्राउ गर्नुको साथै ३७ राउन्ड अश्रुयास्य प्रहार गरेको थियो। विद्यार्थीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन…
काठमाडौं – नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि विभिन्न सञ्चार माध्यमबाट भइरहेको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदै छ भन्ने फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो हल्ला निराधार रहेको जिकीर गरे । नेपाली कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा एकीकृत समाजवादी प्रस्ट रहेको भए पनि अहिले त्यस सम्बन्धमा कुनै छलफल, वार्ता वा सम्वाद नभएको महासचिव भुसालले भने । भ्रममा नपर्ने आग्रह गर्दै…
दार्चुलामा घास काट्दा भिरबाट लडेर घाइते भएकी एक महिलाको सशस्त्र प्रहरीले उद्दार गरी अस्पताल पठाएको छ । जिल्लाको लेकम गाउँपालिका–३ लालीकी ४२ वर्षिय कमला देवी भण्डारीलाई उद्दार गरी भारतको पिथौरागढ अस्पताल पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी बिर सिंह धामीले जानकारी दिए । भिरबाट लडेर गम्भिर घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको तथा याहा उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि रेफर गरेको थियो । हिडडुल गर्न नसक्ने ति महिलालाई सशस्त्र प्रहरीको ४४ नम्बर गणबाट खटिएको रेस्क्यु टोलीले स्टेचरमा बोकेर ल्याएर भारतको धारचु्ला सम्म पु¥याएको सूचना अधिकारी धामीले बताए । सशस्त्र प्रहरी…
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताएका छन् । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा उहाँले सम्बन्धित सबैको अपूर्व योगदानले नै निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनले संविधानलाई बल पु¥याएको बताए। आवधिक निर्वाचन लोतकन्त्रको सबल र सुन्दर पक्ष भएको बताउँदै मन्त्री खाणले यस दायित्वलाई नेपाल सरकारले पूरा गरेको अवगत गराए । यो दायित्व पूरा गर्ने सबैलाई धन्यवाद दिँदै उनले कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत हुनुभएका सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवार भरणपोषणका लागि सरकारले…
बाजुरा – बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले सुरुवाती अग्रता लिएका छन् । बिहीबार बेलुकादेखि सुरु भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले २ सय ८० मत ल्याएका छन् । उनलाई नेकपा एमालेका कर्ण थापाले १ सय ७ मतका साथ पछ्याइरहेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिए । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक…
धनगढी – बालिकालाई च्यापेर मार्ने ग्रेडर चालकलाई कारबाहीको माग गर्दै सुरु भएको विद्यार्थीको आन्दोलन तीव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी गरिएको निषेधाज्ञा प्रशासनले धनगढीको पुरानो फुलबारी बसपार्कदेखि रातो पुलसम्म तथा सामुदायिक प्रहरी केन्द्र हसनपुरदेखि वडा नम्बर १ र २ स्थित हुलाकी राजमार्गसम्म लागू गरिएको छ । निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी व्यक्ति एकै साथ आवतजावत, भेला, घुमफिर गर्न र सवार चालाउन पाउने छैनन् । बिहीबार बिहान कालिका कन्स्टक्सनको ग्रेडरले…
महोत्तरी – महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ । आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतवाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाध्यन्न समाग्री गरि उक्त मुल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए । भन्सार छलीको सवै सामान थप अनुसन्धानको लागी भन्सार कार्यालय जलेश्वर स्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।