दार्चुलामा घास काट्दा भिरबाट लडेर घाइते भएकी एक महिलाको सशस्त्र प्रहरीले उद्दार गरी अस्पताल पठाएको छ ।
जिल्लाको लेकम गाउँपालिका–३ लालीकी ४२ वर्षिय कमला देवी भण्डारीलाई उद्दार गरी भारतको पिथौरागढ अस्पताल पठाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सूचना अधिकारी बिर सिंह धामीले जानकारी दिए ।
भिरबाट लडेर गम्भिर घाइते भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको तथा याहा उपचार सम्भव नभएपछि अस्पतालले थप उपचारका लागि रेफर गरेको थियो । हिडडुल गर्न नसक्ने ति महिलालाई सशस्त्र प्रहरीको ४४ नम्बर गणबाट खटिएको रेस्क्यु टोलीले स्टेचरमा बोकेर ल्याएर भारतको धारचु्ला सम्म पु¥याएको सूचना अधिकारी धामीले बताए ।
सशस्त्र प्रहरी सहायक निरिक्षक जगत घर्तीमगरको नेतृत्वमा ९ जनाको टोलीले ति महिलाको उद्दार गरेको बताइएको छ । सशस्त्र प्रहरीको सामाजिक कार्यको प्रसंसा गर्दै लेकम गाउँपालिका–३ का वडा अध्यक्ष सुरेश थापाले सहयोग र मानविय व्यवहार भनेका छन् ।