Author: Saru Shrestha

काठमाडौं – नेकपा एमालेले सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ । नेकपा एमाले उपमहासचिब प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।  नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ ।

Read More

काठमाडौँ – नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासङ्घले पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरीत भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । वि।सं।२०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२/२०७३ सालमा १५/१५ प्रतिशतले भाडा वृद्धि गर्ने र २०७५ मा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियम विपरीत भएको महासङ्घले बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष रामहिरा पाठकले महासङ्घको आग्रहलाई…

Read More

तनहुँ – तनहुँको एक पालिकाले सडकको नयाँ ट्र्याक खोल्न प्रतिबन्ध गरेको छ । भिमाद नगरपालिकाले नयाँ सडक ट्र्याक खोल्न प्रतिबन्ध लगाएको हो । चालू आर्थिक वर्षदेखि सडक योजना अन्तर्गत बजेट विनियोजन गरे पनि नयाँ सडक ट्र्याक खोल्ने कार्यक्रम नरहेको नगरपालिकाले जनाएको छ । प्रायः सबै गाउँबस्तीमा सडक ट्र्याक पुगिसकेकाले नयाँ ट्र्याक खोल्ने कार्यक्रम नरहेको नगर प्रमुख दधिराज घिमिरेले बताए । ‘हचुवाका भरमा खोलिएका नयाँ मोटर मार्गले दिगो विकासको लक्ष्यअनुसार नभई हानी र नोक्सानी गर्नेगरेकाले रोकेका हौँ’ नगर प्रमुख सुवेदीले भने, ‘आम्दानीको स्रोतको रूपमा रहेको खेत डाँडाको माटो खसेर पुरिएको छ ।’ पहिले नै खोलिएका सडकलाई नाली खन्ने ग्राभेल गर्ने कार्य…

Read More

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना काम गर्ने कम्पनिको हातमा परेको भन्दै अव सो योजना पुरा हुनेमा आफु विस्वस्त रहेको बताएका छन् । बिहीबार कैलाली उद्योग वाािणज्य संघले आयोजना गरेको सुदूरपश्मि महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अव पश्चिम सेती परियोजना बन्नेमा म ढुक्क भएको छ, किनकी पश्चिमसेती ठग कम्पनिको हातमा परेको छै, अहिले लाईसेन्स पाएको कम्पनि काम गर्ने कम्पनि हो, काम गरेर देखाउने छ ।’ लगानी बोर्ड नेपालले ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर ६ जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई लाइसेन्स दिएको छ । सो…

Read More

धनगढी – धनगढीमा प्रहरीले अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बलको ३४ नम्बर गण हेडक्वार्टरबाट खटिएको टोलीले भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको ४ लाख बढी मूल्यका सामान बरामद गरेको हो ।  बिहीबार भन्सार छलेर ल्याइएको मोबाइल, मोबाइल पार्टस्, गाडीका सामान र कपडा बरामद गरिएको बताइएको छ । बरामद गरिएका सामान भन्सार कार्यालय त्रिनगरमा बुझाइएको छ ।

Read More

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ। आगलागीबाट ४ लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेको पीडितका दाजु धनसिंह महराले बताए। घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन्। महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको र क्षतिको एकिन गर्न प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको वडाध्यक्ष उत्तरदेव भट्टले बताए ।

Read More

भैरहवा – ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १ सय ५६ जनाको जमानत जफत भएको छ । २ सय ३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दशप्रतिशत भन्दा कम मत ल्याएका प्रदेश सभातर्फ ८३ जनाको र प्रतिनिधी सभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो । उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि रुपन्देहीमा १५ पदका लागि २ सय ३ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएको थियो । विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए भने…

Read More

काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्राप्त गर्ने सिट संख्या निर्धारण गरेको छ । निर्वाचनमा तीन प्रतिशत वा सो भन्दा बढी मत प्राप्त गर्ने राजनीतिक दलहरुले प्राप्त गरेको मतका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा उपदफा (२) र (६) तथा सोही ऐनको अनुसूची-१ र अनुसूची-२ बमोजिम तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (२) र सोही ऐनको अनुसूची -१ बमोजिम राजनीतिक दलहरूबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा निर्वाचित हुने संख्या आयोगबाट निम्न बमोजिम निर्धारण…

Read More

दार्चुला – दार्चुलामा नरसिंह विष्टको हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्। जिल्लाको व्याँस गाउँपालिका–४ का ४० वर्षीय विष्टको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो। बुधबार हत्या आरोपमा ब्याँस गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्टलाई पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ। यसअघि मंसिर १२ मा प्रहरीले २५ वर्षीय दिपक विष्टलाई पनि हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको थियो। अहिले विष्टसहित सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। ‘नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए। भोलिपल्ट (मंसिर ४ गते) उनी…

Read More

काठमाडौं – इलाम २ मा पुनः मतगणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।  मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् । रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिन्हको मत बदर गर्ने, सूर्य चिन्हको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको उल्लेख छ । साथै, नेपाली कांग्रेसका प्रतिनिधि नराखी गणना गरिएको, कांग्रेसले मतगणना स्थगित गर्न…

Read More