कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ।
आगलागीबाट ४ लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेको पीडितका दाजु धनसिंह महराले बताए।
घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन्।
महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको र क्षतिको एकिन गर्न प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको वडाध्यक्ष उत्तरदेव भट्टले बताए ।
Facebook Comments Box