Author: Saru Shrestha

काठमाडौं – आमनिर्वाचन २०७९ अन्तर्गत प्रतिनिधिसभामा ७९ लाख ४१ हजार ५३६ मतदाता सहभागी नभएको पाइएको छ । निर्वाचन आयोगको अन्तिम मतदाता नामावली अनुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।  जसमध्ये यसपटक प्रतिनिधिसभा निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ मतदाताले मतदान गरेका छन् । अर्थात् कूल मतदाता संख्याको ६१ दशमलव ४१ प्रतिशत मात्र निर्वाचनमा सहभागी भएका हुन् । यसपटक १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भने १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदाता सहभागी…

Read More

सुर्खेत – हुम्लाको  नाम्खा गाउँपालिका – ५ को हिल्सा , ६ को लिमीस्थित  सुनखानीका सीमा क्षेत्रमा रहेका प्रहरी चौकी  सदरमुकाम सारिएको छ । अत्याधिक चिसो हुने भएपछि यी दुई ठाउँमा रहेका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरू सदरमुकाम आएका हुन् ।  जिल्ला प्रहरी कार्यालका प्रहरी निरीक्षक दीपक मल्लले दिएको जानकारीअनुसार हिउँदमा चिसो पनि हुने र मानिसको आउजाउ नहुने भएकाले दुवै प्रहरी चौकीबाट प्रहरीलाई सदरमुकाम फिर्ता बोलाएको हो । कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासनपानीको व्यवस्था गर्न समस्या हुने भएकाले बर्सेनि मंसिरपछि चौकीमा खटिएका प्रहरीलाई सदरमुकाम झिकाउने काम हुँदै आएको छ । चौकीका प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ। हिल्सामा १३ जना…

Read More

काठमाडौं – निर्वाचन आयोगले  आमनिर्वाचन २०७९ को अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  बुधबार आयोग कार्यालयमा भएको पत्रकार सम्मेलनमार्फत् आमनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो ।  यस्तै आयोगले प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने जनाएको छ । प्रदेश सभातर्फको अन्तिम मतपरिणाम आउँदाे २ पुसमा प्रदेश प्रमुखसमक्ष बुझाइने निर्वाचन आयाेगले जनाएकाे छ । आयोगले तयार पारेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमध्ये प्रतिनिधि सभातर्फ १८४ जना पुरुष (६६ दशमलव ९० प्रतिशत) र ९१ जना महिला (३३ दशमलव १० प्रतिशत) निर्वाचित भएका आयोगले जनाएको छ । यता प्रदेशसभातर्फ ३५० जना पुरुष (६३ दशमलव ६४…

Read More

काठमाडौं – नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) हरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन अपिल गरेका छन्। सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ। राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी रहेका बेला बैठक बसेर पूर्वआइजिपीहरूले उक्त अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट जारी निर्णय र नजिरहरूको बर्खिलाप र फौजदारी न्याय प्रणालीको विपरीत भएको बताएका छन्। उनीहरूले भनेका छन्( यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र निजका परिवारहरूलाई हतोत्साही र निराश बनाएकाले अध्यादेश तत्काल खारेज गर्न जोडदार अपिल गर्दछौं। यसरी अपिल गर्नेहरूमा पूर्वप्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्यूतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान,…

Read More

काठमाडौं – मुलुकमा २०७९ को आमनिर्वाचन सम्पन्न भएपछि सरकार निर्माणका लागि बहुमत पुगाउने कसरत सुरु भएको छ। यो निर्वाचनबाट नेपाली काँग्रेस पहिलो दल बनेको छ। यस्तै क्रमशः नेकपा एमाले दोस्रो र अन्य कम्युनिष्ट तथा गैरकम्युनिष्ट दलहरुले आफ्नो हैसियत बनाएका छन्। अहिले सत्ता गठबन्धनको काम चलाउ सरकार छ। सत्ता गठबन्धनमा पाँच दलहरु सम्मिलत छन्। नेपाली काँग्रेसले गठबन्धनको नेतृत्व गरिहेको छ। यस्तै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतका दलहरु पनि गठबन्धनमा सहभागी छन्। गठबन्धनले आफ्नो सरकार बनाउन कसरत थालेका बेला कम्युनिष्टहरु पनि सरकार बनाउन कस्सिएका छन्। खासगरि नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तह (युवा पुस्ता) का नेताहरु बाम सरकार बनाउने…

Read More

धादिङ – दुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्कोघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ को आहाले गाउँ नै शोकमय बनेको हो । ७४ वर्षीय विष्णुबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर सोमबार बिहान हत्या गरिएको अवस्थामा भेटिएका थिए । विष्णुबहादुरलाई घर बाहिर खाटमा सुतिरहेकै अवस्थामा निधारमा तिखो हतियार प्रहार गरेर एकै झड्कामा प्राण लिएको देखिन्छ भने निरमायालाई घरभित्रै लछारपछार पार्दै पिटीपिटी हत्या गरेको घटनास्थलको दृष्यले देखाउँछ । घटनास्थल पुगेर फर्किएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा आज साँझ भएको दुर्घटनाका घाइतेलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्रीले घाइतेको उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंहलाई दुर्घटनामा परी घाइते भएकाको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेलाई थप स्रोतसाधन आवश्यक पर्ने भए मन्त्रालयमा लेखी पठाउनसमेत निर्देशन दिएका छन् । प्रजिअ पाण्डेका अनुसार आज साँझ बनेपा नगरपालिका वडा नं…

Read More

काठमाडौं – काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थलमै र अरु १४ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । बा ३ ख ४३८५ नम्बरको उक्त बसमा सवार अरु १४ जना घाइते भएको र उनीहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचार भइरहेको छ । बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५…

Read More

काठमाडौँ – ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् । राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिएका हुन् । ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा थिए । हिजो (सोमवार) बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई आज (मङ्गलवार) बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ । सोमवार बेलुका राम्रैसँग खाना सुतेको तर मङ्गलवार बिहान मृत भेटिएको परिवारले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – काभ्रेको बेथानचोक गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। बेथानचोक गाउँपालिका-५ को च्याल्टीबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले बताए । २ जनाको घटानास्थलमै र ९ जनाको धुलीखेल अस्पतालमा मृत्यु भएको उनले बताए । तिब्र गतीका कारण दुर्घटना भएको अनुमान गरीएको छ । सुनुवारका अनुसार व्रतबन्धमा सहभागी भएर फर्किँदै गरेको बस दुर्घटना भएको हो। घाइतेहरूको उद्धार कार्य जारी छ । थप विवरण आउन बाकी छ ।

Read More