काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०४८ सालयताका सबै भ्रष्टहरूलाई कारबाही गर्ने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । एवम् माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी ती भ्रष्टहरूलाई कारबाही गर्ने बताएका हुन्। अहिले सबैभन्दा बढी भ्रष्टहरू नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरूलाई छानबिन गर्नका लागि तत्काल पहलकदमी लिने बताए। उनले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति सङ्केत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरू फेरी बाहिर निस्कने प्रयास गरेको भन्दै…
Author: Saru Shrestha
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् । आइतबार काठमाडौँमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताएका हुन् । उनले भने, ‘हामी बजेट निर्माणको चटारोमा छौँ । बजेटमा कटौती पनि छ । कटौती भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला । यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबी जस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ । ओभरल आर्थिक सङ्कट…
अत्तरिया- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको धर्नामा कैलालीको अत्तरियाका युवाहरुले पनि समर्थन जनाएका छन् । पुनले शुक्रबार देखि काठमाण्डौंको माइतीघरमा सुरु गरेको ४ बुँदे मागहरुलाई समर्थन जनाउँदै अत्तरिया क्षेत्रका युवाहरु दोस्रो दिन आज सडकमा उत्रिएका हुन् । महावीर पुनले उठाएका माग सम्बोधन गर्न र सरकारलाई दवाव दिन अत्तरियाका युवाहरु स्वफुर्त रुपमा अत्तरिया चोक लगायत आसपासका ठाउँमा नाराका प्लेकार्ड सहित सडकमा भेला भएका थिए । यस्ता छन् पुनले अघि सारेका ४ बुँदे मागहरु१। अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १…
पाल्पा – पाल्पा-बुटवल सडक खण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान-चिडिया खोला सडक खण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ । शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ । रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुरु भएको र माथिबाट खुकुला ढुङ्गाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म रातको समयमा राजमार्ग गर्ने जनाएको छ । आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो…
काठमाडौँ – नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन्। आइतबार साँझ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्ध नगरमा ‘ग्यास लिक’ भएर आगलागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार फर्किएका हुन्।
किमाथांका – सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ । आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो । पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो । अरुण नदी थुनिएको आठ घण्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो । अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । बाँधमा पानी…
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गरेका छन् । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान संगठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो । आज बिहान संघर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उनको निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै…
धनगढी – नेपाली लेखक संघ कैलालीले धनगढीमा प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाएको छ। शनिबार धनगढीमा शुभकामना आदान प्रदान गर्नुकासाथै गायन र रचना वाचन गरी प्रथम राष्ट्रिय लेखक दिवस मनाइएको हो। संघका कार्यबाहक अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा कलाकार, लेखक, साहित्यकार र गायकहरूको उपस्थितिमा रहेको संघका केन्द्रीय सदस्य गणेश नेपालीले बताए। नेपाली लेखक संघ संघीय समितिले राष्ट्रिय अनतराष्ट्रीय रूपका दिवसहरू मनाइरहेको सन्दर्भमा लेखक दिवस पनि मनाउनु पर्ने निर्णय अनुसार दिवस मनाइएको उनले जानकारी गराए। दिवस मनाउने सम्बन्धमा गठन गरिएको कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार दिवस देशभर मनाइएको उनले बताए। काठमाडौंमा रहेको सामाजिक संस्था सरस्वति गुठीका ४५ जना कवि, लेखक, साहित्यकार र…
महेन्द्रनगर- शुक्लाफाँटा नगरपालिकाको एउटा सामुदायिक वनमा मानव कंकाल फेला परेको छ। वडा नम्बर ११ स्थित कालिका सामुदायिक वनमा आइतबार मानव कंकाल भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ। शव सडेगलेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए। ‘घाँटी भन्दा माथिको भाग डोरीमा झुण्डिएकै अवस्थामा थियो, शरीरका अन्य अंगहरु स्याललगायत जंगली जनावरहरुले लुछेर लगेको देखिन्छ,’ उनले भने। टाउँकोको आधा खप्पर, कपडा र हड्डीलगायत केही भाग रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ। बस्ती भन्दा करिब ३ किलोमिटर टाढा रहेको घटनास्थलमा आज दाउँरा लिन गाउँकै मानिस गएका थिए। बिहान करिब ९ बजे मानव कंकाल भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका…
बैतडी । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका(६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो । सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ । ‘टाउको भेटिएको भए पनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ’, प्रहरी निरीक्षक चौधरीले भने । गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको…