Author: Saru Shrestha

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याएरै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको बताइएको छ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर भोलि टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए । भोलि माओवादी पदाधिकारी बैठक बसेर समानुपातिक सूची फाइनल गर्ने पोखरेलले बताए । माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभामा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीले समानुपातिकतर्फ सातवटै प्रदेशमा गरी नाै सिट पाएको छ । प्रदेश १ मा ३.२४ प्रतिशत अर्थात् कुल १७,२५,८५२ मतमध्ये ५५,९५७ मत ल्याएको उसले एक सिट पाएको हो । मधेस प्रदेशमा १९,५२,९४९ मतमध्ये १,१३,९१५ मत पाएको एकीकृत समाजवादीले सबैभन्दा धेरै तीन सिट पाएको छ । यो कुल सदर मतको ५.८३ प्रतिशत हो । यस्तै बागमती प्रदेशमा १८,६९,१३६ मतमध्ये ६९,८४६ मत पाएको दुई सिट पाएको छ । यो कुल सदर मतको ३.७४ प्रतिशत हो । गण्डकी प्रदेशमा थ्रेस होल्ड कटाए पनि सिट भने पाउन सकेन । गण्डकीमा एकीकृत समाजवादीले कुल ९,४२,७९८ मतमध्ये १५,०७६ मत पाएको…

Read More

पोखरा – पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।  धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् । उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।

Read More

भैरहवा – गृहमन्त्री बालकृष्ण.खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको आर्थिक विकासको केन्द्र बनाउनेमा लागिरहेको बताएका छन । आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले विमानस्थल गतिशील र चलायमान गराउन यहाको उद्योगी व्यवसायी तथा आमनागरिकको जीवनमा परिवर्तन ल्याउनेमा विश्वस्त रहेको बताए ।  विशेष आर्थिक क्षेत्र सेज पूर्ण रूपमा सञ्चालनका लागि केही कार्यविधि बदल्नुपर्ने भएकाले त्यसमा सरकार प्रयत्नशील रहेको उल्लेख गरे । ‘आइसीपी निर्माणका लागि भारतले सुरुवात गरेको छ, नेपाल सरकारले पनि सुरुवात गर्नेछ’, उनले भने । नेपालमा रात्रीकालीन बजारको खासै प्रचलन नभए पनि पर्यटन व्यवसायको प्रवर्द्धनका लागि २४ घण्टा बजार सञ्चालनको अवधारणा ल्याइएको छ । अनुमति लिएर तोकिएको मापदण्ड पूरा गरेपछि २४ सैं घण्टा व्यवसाय…

Read More

काठमाडौं – सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको टिप्पणी गरेको छ। सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले आज उक्त पत्रविरूद्धको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश दिएको हो । संसद् सचिवालयका महासचिव गौतमले मंगलबार राणाका तर्फबाट दायर भएको निवेदनलाई आधार मानेर बुधबार…

Read More

काठमाडौँ- निरन्तर घाटामा चलिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले उत्पादनको बिक्री बढाउन भन्दै मूल्य घटाएको छ । उद्योगले प्रतिबोरा सिमेन्टमा ४० रुपैयाँले मूल्य घटाएको हो । उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले निजी सिमेन्ट उद्योगहरूसँग प्रतिस्पर्धाका लागि गत आइतबारबाट प्रतिबोरा ४० रुपैयाँका दरले मूल्य घटाएको बताए । निजी उद्योगबाट उत्पादित सिमेन्टको मूल्यको अनुपातमा हेटौँडा सिमेन्टको मूल्य बढी भएकाले बिक्री बढाउन मूल्य घटाइएको महाप्रबन्धक पाण्डेको भनाइ छ । उद्योगले सात सय ४७ रुपैयाँमा प्रति बोरा बिक्री गर्दै आएको सिमेन्टको मूल्य ४० रुपैयाँ घटाएर बिक्री थालेको हो । करिब नौ सय रुपैयाँ लागतमा सिमेन्ट उत्पादन गर्ने गरेको भए पनि निजी उद्योगहरूसँग प्रतिस्पर्धाका लागि प्रति…

Read More

काठमाडौँ – भारतको गुजरातमा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) दुई तिहाइ बहुमत नजिकै पुगेको छ । अहिलेसम्मको परिणामअनुसार भाजपा एक सय ८२ मध्ये एक सय ५६ सिटमा विजयी उन्मुख छ । काँग्रेस आई १७ सिटमा सीमित छ । आम आदमी पार्टीले पाँच सिटमा अग्रता लिएको छ । २०१७ को चुनावमा भाजपाले ९९ सय सिट जितेको थियो । यस पटकको चुनावमा आम आदमी पार्टीले भाजपालाई टक्कर दिने अनुमान गरिए पनि भाजपा यसअघि भन्दा पनि बलियो अवस्थामा पुग्ने देखिएको छ । भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा एक सय २७ सिटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । यस्तै सन्…

Read More

काठमाडौं – सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ ।  यो पार्टीले पहिलो आम निर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँच जनालाई समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । बिहीबार बसेको पार्टीको बैठकले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाउने निर्णय गरेको छ ।

Read More

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले भारतले दार्चुला र धार्चुला जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर निर्माण भएको तटबन्ध तत्काल भत्काउन माग गरेको छ। महाकालीमा स्काभेटर चलाएर नदीको धार नेपालतर्फ धकेलेको र तटबन्ध बनाएको भन्दै नेमकिपाले आपत्ति जनाएको छ। ‘अन्तर्राष्ट्रिय कानुनविपरीत भारतले महाकाली नदीमा स्काभेटरहरू चलाएर नदीको धार नेपालतर्फ धकेल्दै छ। नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीको झोलुंगे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गर्दैै छ,’ नेमकिपाका सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘भारतीय विस्तारवादले नेपाली भूमि अतिक्रमण अझै नरोकेको हुँदा नेपाल मजदुर किसान पार्टी भारतीय विस्तारवादको विरोध…

Read More

काठमाडौँ – पार्टी कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् । पछिल्लो चुनावी परिणामले आफूहरू चिन्तित भएर पार्टी रूपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरूले बताएका छन् । माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रञ्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो । बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरू अनौपचारिक छलफलमा समेत बसेका थिए ।

Read More