काठमाडौँ – पार्टी कमजोर बनेको भन्दै नेकपा माओवादी केन्द्रका युवा नेताहरुले छलफल थालेका छन् ।
पछिल्लो चुनावी परिणामले आफूहरू चिन्तित भएर पार्टी रूपान्तर र पुनर्गठनका लागि जुटेको उनीहरूले बताएका छन् ।
माओवादी केन्द्रका युवा केन्द्रीय सदस्यहरू लेखनाथ न्यौपाने, हिमाल शर्मा, रामप्रसाद सापकोटा ‘दीपशिखा’, रामदीप आचार्य, डिपी ढकाल, रञ्जित तामाङ लगायतको पहलमा छलफल सुरु भएको हो ।
बिहीबार भृकुटी मण्डपस्थित रत्नराज्य क्याम्पसमा औपचारिक छलफलमा जुट्नुअघि उनीहरू अनौपचारिक छलफलमा समेत बसेका थिए ।
Facebook Comments Box