Author: Saru Shrestha

दार्चुला – दार्चुलामा प्रतिनिधिसभामा तर्फ १ हजार ९४० मत बदर भएको पाइएको छ । मङ्सिर ४ गते आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रामा मत बदर भएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । निर्वाचन कार्यालय दार्चुलाका अनुसार प्रतिनिधि सभातर्फ ५७ हजार ६६३ मत खसेको थियो । जसमध्ये १ हजार (४) मत बदर हुँदा ५५ हजार ७२३ मत मात्रै सदर भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्र प्रकाश जोशीले जानकारी दिए । एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा रहेको दार्चुलामा प्रतिनिधि सभातर्फको १हजार (४) मत बदर भएको छ । यस्तै प्रदेश सभा…

Read More

खोटाङ – नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिशाल भट्टराईले रातारात उम्रिएका नयाँ दलको उपस्थितिले ठूला पार्टीलाई ‘रि–थिंक’गर्ने अवस्थामा पुर्‍याएको बताएका छन् ।  खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका रामकुमार राईबाट दुई हजार ६६९ मतले पराजय बेहोरेका प्रत्यासी भट्टराईले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै निर्वाचन परिणामले ठूला दल सामु ठूलो चुनौती खडा गरिदिएको बताएका हुन् । निर्वाचन परिणामले ठूला दललाई ठूलो चुनौती खडा गदिरिएको छ । मुलुकलाई केही महत्वपूर्ण सन्देश दिएको छ,” भट्टराईले भने, “रातारात बनेका र रातारात उम्रिएका शक्तीहरु यो निर्वाचनमा राम्रै सिट संख्या सहित उपस्थित हुने कुराले एकपल्ट राष्ट्रिय राजनीतिमा ठूला पार्टीले आफुलाई रि–थिंक गर्नुपर्ने ठाउँमा पुर्‍याएको छ ।” एमालेका…

Read More

सिरहा – गोलबजार नगरपालिकाका पूर्वमेयर देवनाथ साहको घरमा एमाले कार्यक्रताले गरेको ढुंगामुढा र कुटपिटको विरुद्धमा सर्वसाधारणले सडक अवरुद्ध गरेका छन् । सिरहा ३ बाट निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहित सहभागी विजय र्यालीमा सहभागी कार्यकर्ताहरूले शुक्रबार साँझ प्रतिद्वन्द्वी विश्वनाथ साह र उनका दाजु देवनाथको घरमा ढुङ्गामुडा गरेका थिए । यसै घटनको विरोध गर्दै दोषीलाई कारवाहीको मागसहित आज गोलबजार बन्द गरेर सडक अवरुद्ध गरेका हुन् । एमाले कार्यकर्ताले गोलबजार नपा–४ स्थित घरमा ढुंगामुढा गरेका थिए । उनीहरूले एक जनालाई कुटपिट समेत गरेको स्थानीयको भनाइ छ । यही कारण आज बिहानैदेखि स्थानीय र माओवादी नेता कार्यकर्ताले गोलबजार बन्द गरि सडक अवरुद्ध पारेका छन् । सडक…

Read More

बुटवल – जिल्ला अदालत रुपन्देहीबाट चोरी मुद्दामा दोषी ठहर भएका व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । उनलाई २५ पुस ०५२ मा अदालतकाे फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेकाे थियाे । २७ वर्षदेखि लुकिछिपी बसिरहेका पुजारी थारुलाई सालझण्डी प्रहरीले पक्राउ गरेको हो । देवनारायण थारु र तत्कालीन श्री ५ सरकारको जाहेरीले चोरी मुद्दामा कैद र जरिवाना ठहर भई हालसम्म फरार रहेका साविक दुधराक्ष–०८ हालको सैनामैना नगरपालिका–०८ वस्ने वर्ष ४९ को पुजारी थारुलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । पक्राउपछि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएकोमा शुक्रबार नै कारागार चलान गरिएको…

Read More

सिन्धुली – सिन्धुली १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका रामकुमार पहाडी निर्वाचित भएका हुन् । पहाडी १५ हजार ६२१ मतका साथ निर्वाचन भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाएका छन् । राप्रपाका राजेश मगरले ४८० मत पाएका छन् ।

Read More

बैतडी – बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।  शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले बताए । मृतक लिला खडायतका २ छोरी एक छोरा छन् । श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन् ।

Read More

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ गरेको हो । प्रहरी जवान देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गर्न सहजीकरण गरी र सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । नवलपरासी प्रतापुर गाउँपालिका वडा नम्बर १ सिसहनियाबाट घुस रकमसहित देवानलाई शुक्रबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार बताएको छ ।

Read More

धनगढी – नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ ।कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको छ । २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधि तर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सीट जितेको थियो । तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो । प्रतिनिधि सभा तर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफै पराजित भएका छन्, भने, कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन् । प्रदेश सभा…

Read More

काठामडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।  शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन्

Read More

धनगढी –  बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ ।शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो ।  प्रहरीका अनुसार सुपप्र ०१००१ ज १३५४ नम्बर जीप सडकबाट १५ मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ । 

Read More