Author: Saru Shrestha

तनहुँ – प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेकाे छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २१ वडाको २९ हजार आठ सय दुई मतको गणना गर्दा वाग्लेले १५ हजार एक सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३१ मत पाएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार मत पाएकाे छ । वाग्ले भट्टराईभन्दा छ हजार चार सय चार मतले अगाडि छन्। यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९…

Read More

बारा – बारा-२ को उपनिर्वाचनको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा यादवले २२४ मतसहित अग्रता लिएका छन् । त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टीका अरुण ज्ञवालीले १२ मत पाएका छन् ।

Read More

काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए । कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि बोलाएको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनबारे धारणा राखेका थिए । चितवन २, तनहुँ २ र बारा २ मा आइतबार निर्वाचन भएको थियो । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राख्ने क्रममा…

Read More

काठमाडौँ – चितवन क्षेत्र नम्बर-२ मा मतगणना सुरु भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको हो। गत मंसिरको निर्वाचनमा सबैभन्दा कम मत ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले इच्छाकामनाबाटै अग्रता सुरुवात गरेका छन् । मंसिरको निर्वाचनमा इच्छाकामनाको मत गणना हुँदा तेस्रो स्थानमा रहेका लामिछानेले यसपटक त्यहीँबाट थालिएको मतगणनामा सुरुवातमै अग्रता लिएका हुन् । दुई बजेबाट सुरु भएको मतगणनामा अहिलेसम्म ४०० मत गणना हुँदा रविले २०८ मत ल्याएका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ६६ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ५१ मत ल्याएका छन् । इच्छामनकामना गाविस १ र ३ वडाबाट मत गणना सुरु…

Read More

गोरखा – जिल्ला अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । अदालतको मेलमिलाप केन्द्रमा सम्बन्ध विच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुल हुज्जत गरेको आरोपमा प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा नगरपालिका–३ निवासी ४८ वर्षका भीमबहादुर अम्गाई, सिरानचोक गाउँपालिका–४ निवासी ३३ वर्षका राजु नेपाली र ३० वर्षका राजिन नेपाली रहेको उनले बताए । दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्ध विच्छेदको मुद्दामा वादी र प्रतिवादीलगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरूले जथाभाबी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।…

Read More

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । उपचुनाव अन्तर्गत आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो । नेपाली काँग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएको थियो । निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतवारै जवाफ आएको बताएका छन् । उनका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

Read More

रुपन्देही -लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो । यससँगै मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो । यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ। अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ।

Read More

काठमाडौँ – बारा क्षेत्र नम्बर २ को मतगणना सुरु गर्ने तयारी हुँदैछ । सर्वदलीय बैठक सकिएलगत्तै शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने जनाइएको छ । मतगणनाका लागि दलका प्रतिनिधिहरू मतगणनास्थलमा उपस्थिति भइसकेका छन् भने मतगणनास्थलमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार पहिलो चरणमा २ स्थानबाट मतगणना शुरु गरिने छ ।

Read More

धनगढी – धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकमा जिपले साइकललाई ठक्कर दिएको छ। सोमबार बिहान भाटभटेनी अगाडि से १ च ६८५ नम्बरको जिपले ठक्कर दिदा साइकलमा सवार ४२ वर्षीय चुडामणी न्यौपाने घाइते भएको प्रहरीले जनाएको छ । न्यौपानेको माया मेटो अस्पतालमा उपचार भइरहेको छ । जिप र चालक धनगढीका २४ वर्षीय रामबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ – चितवन-२ को मतगणना १ बजेबाट सुरु हुने भएको छ। आज बिहान ९ बजे बसेको सर्वदलीय बैठकमा मतगणना १ बजेबाट सुरु गर्ने सहमति भएको हो। एमाले र काँग्रेसका उम्मेदवारले भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले निर्वाचन आचारसंहिता मिचेको र प्रशासनले त्यसमा साथ दिएको भन्दै असन्तुष्टि जनाएका छन्। मतगणना स्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वसाधारणलाई हिँड्न समेत रोक लगाइएको छ।

Read More