काठमाडौं – नेपाल पत्रकार महासंघले निर्वाचनमा समाचार संकलन र मतगणना अपडेटका लागि सहज वातावरण बनाउन निर्वाचन आयोग र सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्तिमार्फत निर्वाचन प्रयोजनका लागि पत्रकारले प्रयोग गर्ने सवारी साधनलाई सहज ढंगबाट चल्न दिन समेत महासंघले आग्रह गरेको छ । महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको दिन आमसञ्चारकर्मीहरूलाई स्वतन्त्र, निर्बाध, सुरक्षित र सहजढंगबाट समाचार संकलन र सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न तथा मतदान लगत्तै हुने मतगणनाको सहज र सरल तरिकाले समाचार संकलन गर्ने वातावरण बनाउन महासंघ निर्वाचन आयोग र सरकारसँग माग गर्दछ ।’ यस्तै निर्वाचनको क्रममा सबै खाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा…
Author: Saru Shrestha
भैरहवा – रुपन्देहीको शुद्धोधनबाट मदिरासहित दुईवटा गाडी नियन्त्रणमा लिइएकाे छ । प्रहरीले शुद्धोधनको वडा नम्बर १ बेलवा र वडा नम्बर ५ खजुरीयबाट मदिरासहित गाडी नियन्त्रणमा लिएकाे जनाएकाे छ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसारमा प्रतिवन्ध लगाइएकाे छ । निषेध गरिएको अवधिमा सुद्धोधन–१ बेलवामा शुक्रबार दिउँसो नम्बर नखुलेको गाडीसहित करिब १५ कार्टुन मदिरा नियन्त्रणमा लिएको छ भने शुद्धाेधन ५ खजुरियाबाट लु १ च ९२१९ छोटाहात्ती गाडी सहित २६ कार्टुन मदिरा बरामद भएको छ । बरामद भएको मादिराकाे बाहिरी भागमा अन्तशुल्क स्टिकर भए पनि भित्री बोतलमा स्टिकर रहेको छैन । बेलवामा बरामद मदिरा निर्वाचन आचारसंहिता अनुगमन समिति रुपन्देहीका…
काठमाडौं – राहदानी विभागले राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्चालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साईबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ । राहदानी बनाउने सिलसिलामा विभिन्न बहानामा ठगी गरेको पाइएमा त्यसरी ठगी गर्नेहरूबारे यस विभाग वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन पनि आग्रह गरेको विभागले सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न विभाग सदैव प्रतिवद्ध रहेको जनाएको छ । ‘राहदानी छिटो बनाइदिने, अप्वाइन्टमेन्ट डेट अगाडि सारिदिने जस्ता विभिन्न बहानामा…
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपाध्यक्ष दावा लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ फिफा विश्वकप फुटबलको उद्घाटन सत्रमा सहभागिता जनाउन कतार जाने भएपछि लामाले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । लामाले मंसिर ३ देखि ६ गतेसम्मका लागि कार्यवाहकको जिम्मेवारी पाएका हुन् । फिफा विश्वकप फुटबल मंसिर ४ गतेबाट सुरु हुनेछ ।
काठमाडौं – प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो । ‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डा/ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन/प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न/नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण…
काठमाडौं – आइतबार (मंसिर ४ गते) हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मतदान केन्द्र निर्माण गर्दा लैंगिक समावेशी र अपाङ्ग मैत्री बनाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले बिहीबार पत्रकार सम्मेलन गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन समेत आवश्यक निर्देशन दिइएको जनाएको हो । यस्तै मतदान शुरू हुने दिन भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निषेध गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको समेत आयोगले जनाएको छ ।
धनगढी – धनगढीमा शौचालयको सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–१५ शान्तीकटान बस्ने अमर सार्कीका दुई वर्षीय छोरा धिरज सार्कीको आफ्नै घर नजिक रहेको सेफ्टी ट्याङकीमा खसेर मृत्यु भएको हो । सेफ्टी ट्याङ्किमा खसेर घाइते भएका बालकको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
काठमाडौं – आइतबार हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न ४ देशका प्रमुख निर्वाचन आयुक्तसहित नेपालस्थित १८ वटा कूटनीतिक नियोगले निर्वाचन पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचनको विश्वसनीयता बढाउन उनीहरूले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनुमति प्राप्त ४४ वटा राष्ट्रिय संस्थाबाट ७२०७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनालाई आयोगले पर्यवेक्षण परिचय पत्र उपलब्ध गराइसकेको जानकारी दिए । पर्यवेक्षकहरूले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित प्रणालीको १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाको पहिलो हुने निर्वाचित निर्वाचन प्रणालीको ३३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्नेछन् । आयोगले हालसम्म…
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् । बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमको प्रशंसा गरेका हुन् । संसदमा विचाराधीन नागरिकता विधेयक रोकेको आरोप लगाउँदै उनले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए । अध्यक्ष ओलीले भने, ‘‘विदेशीलाई तुरुन्ता-तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो । राष्ट्रपतिको काम यस्तै बेलामा आउँछ ।’ नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै उनले थपे, ‘जब…
काठमाडौँ – मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको छ । डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री बोकेको बा २ झ २२३५ नं। को जीप अत्तरकाडाँ भन्ने ठाउँ नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए । डिएसपी भट्टका अनुसार मार्कोट मतदान केन्द्र (क) का मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडक आयोजना कार्यालय विपिनगरका इन्जिनियर हुन् । भट्टले तीनवटा मतपेटिका समेत चर्केको जानकारी दिए । मतदान अधिकृत रैखोलाले आफ्नो…