Author: Saru Shrestha

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् । चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेकाे फर्मका ५४ वटा भेडा मरेका हुन् । चटयाङले १२ वटा भेडा घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए। भेडा मर्दा किसानलाई १५ लाखभन्दा…

Read More

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले परिवर्तनकालागि लडेका माओवादीका लडाकुलाई आर्थिक सहयोग दिने भन्दा पनि स्वरोजगार बनाउनु पर्ने बताएका छन् । स्वास्थ्य खवर पत्रिकाको हेल्थ अवार्डद्वारा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले देशको परिवर्तनमा लाग्छु भनेर गएका युवाहरूलाई सरकारले दुई लाख रकम दिँदैमा उनीहरूको जीवनमा कुनै ठूलो उपलब्धि नहुने उनले बताए। ‘देश परिवर्तनको लागि लडेका मानिसको जीवनमा अहिलेको जमनामा दुई लाखले केही हुने होइन। त्यसैले उहाँले नै हामी यो दुई लाख लिँदैनौं भन्नुपर्छ। हामी र हाम्रो राष्ट्र बलियो भएमा उहाँहरूको जीवनस्तर पनि माथि उकासिने हो। बरु ठूला-ठूला उद्योगहरू स्थापना गरेर उहाँहरूलाई रोजगार प्रदान गर्नुपर्छ। त्यो दिगो…

Read More

काठमाडौं – पानी परे पछि पुनः एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिन पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेल यसअघि पनि पानी परे पछि रोकिन पुगेको थियो, जसकाकारण खेललाई ४२ ओभरमा छोट्याइएको थियो । नेपालले दिएको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याईएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको बखतमा पुनः रोकिन पुगेको हो । नेपालका करण केसीले ५ विकेट तथा सोमपाल कामीले एक विकेट लिईसकेका थिए । खेल सुुरु हुने वा नहुने अझै टुंगो छैन । खेल सुरु नभएको खण्डमा नेपाल स्वतः बिजयी हुनेछ…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । सरकारले संसद् मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद स्वीकार्य नहुने उनले बताएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रस्ताव सिंगै देशलाई मान्य नहुने पनि बताए । महामन्त्री शर्माले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौँ । तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाहीदेखि आर्थिक कारबाहीसम्म राज्यले…

Read More

काठमाडौँ – भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभर सुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभर सुट गरेको हो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभर सुट गरिएको हो । ‘जहाजले एप्रोच नमिलेर ओभर सुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ’, उनले भने । यसरी ओभर सुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा…

Read More

महेन्द्रनगर – परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रूपमा अघि बढ्नुपर्ने बताएका छन् । परराष्ट्र मन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारण सभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताए । ‘विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ’, मन्त्री साउँदले भने, ‘अहिले दश पार्टी मिलेर सरकार बनाएका छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हुँदैन ।’ उनले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने काम सरकारले अघि बढाएको बताए । ‘सरकारले त्यसका लागि विश्वविद्यालय ऐन…

Read More

सुर्खेत – सात वर्ष अघि स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मेवारी लिएर अहिले सम्म काम पुरा नगर्दा उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको छ । भवन डिभिजन जुम्लाबाट क्याराभान कन्टक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेस्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको ठेक्काको काम अहिले सम्म पुरा नभएको हो । पटक पटक निर्माण व्यवसायीलाई भवन निर्माण गर्न ताकेता गरेपनि नसुनेको भवन डिभिजन जुम्लाले जनाएको छ । `धेरै पुरानो रहेछ , काम छिटो गर्नुहोस भन्दा हुन्छ भन्छन् तर काम पुरा गर्दैनन´ भवन डिभिजन जुम्लाका प्रमुख प्रदिप सिंहले भने । भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा भारी समस्या आएको भनी गाउँपालिकाबाट…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका समस्या सम्बोधन गर्न माग गर्दै बैशाख ५ गतेदेखि काठमाडौंको बसन्तपुरमा आमरण अनसनरत नुवाकोटका श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । सो अनसन बसेको खवर पाँचौ दिनमा थाहा पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मावाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएका थिए । सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टा मै अनसनस्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयवाटै डा.नवीन घिमिरे, डा.माधवप्रसाद अर्याल…

Read More

नेपालगञ्ज – बर्दियाको राजापुर नगरपालिकाले स्थानीयरुपमा कार्यविधि बनाएर द्वन्द्वपीडितलाई राहत वितरण गरेको छ । राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९/८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु दुई हजार भत्ता वितरण गरेको जानकारी दिए । ‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भए पनि यसले राहत दिएको छ’, उनले भने । प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रबन्ध गरिने बताए ।

Read More

धनगढी – कैलालीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका-६ मट्यारीका ४७ वर्षिय महेश कुमार चौधरीले आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेका हुन्। अर्जुनलाई घरदेखी करिब १५० मिटर टाढा जंगलमा लगेर टाउकोमा ईट्टा प्रहार गरी महेशले हत्या गरेको प्रहरीले जनाएको छ। खबर पाउनासाथ वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट प्रहरी निरिक्षक उपेन्द्र बहादुर बमको टोली घटनास्थलमा खटिएको र अनुसन्धानका लागी प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा सोको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। महेशलाई नियन्त्रणमा लिइएको प्रहरीले भनाइ छ।

Read More