पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिका–३ मा चटयाङ लागेर एउटै फर्मका ५४ वटा भेडा मरेका छन् ।
चट्याङ लागेर स्थानीय सन्तवीर राइ, कुमार राई, प्रकाश राई, टेकबहादुर गुरुङले सञ्चालन गरेकाे फर्मका ५४ वटा भेडा मरेका हुन् । चटयाङले १२ वटा भेडा घाइते भएका छन् । भेडा फर्मको स्याहार सुसारमा जुटेका याङ्बरक–३ निवासी प्रेम राई सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारी उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए। भेडा मर्दा किसानलाई १५ लाखभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
Facebook Comments Box