Author: Saru Shrestha

काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन। कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए। मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ गठबन्धन सरकार बनेको हो। मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभागका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दीपा थापा रहेका छन् । उनीहरूलाई बिहीबार साँझ आयोगको टंगालबाट खटिएको टोलीले १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । ट्रेडमार्कमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको गरेको भन्ने सूचनाका आधारमा औद्योगिक सम्पत्ति शाखामा कार्यरत उनीहरूलाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । शाखा अधिकृत घिमिरेको कार्यकक्षबाट स्रोत नखुलेको थप ३७ हजार पाँच सय ३७ रुपैयाँ समेत बरामद भएको दाहालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ…

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक नेतृत्वका कारण नेपाल वायुसेवा निगम बिग्रिएको बताएका छन् । नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकमा बोल्दै यस्तो बताएका हुन् । उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गर्दै निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको दाबी गरे। उनले भने, “वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन्। म मन्त्री भएको सय दिन भयो, यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ। निगमका कर्मचारी पनि चोखा छैनन्।” मन्त्री किरातीले…

Read More

काठमाडौं – श्रीमतीको हत्या गरी वास्तविक परिचय लुकाई बसेका एकजना १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची वल्कोट स्थायी घर भई काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी ढल्कु डेरा गरी बस्ने ५८ वर्षीय खुमे दर्जी रहेका छन् । खुमे दर्जीले रुपन्देही साविक दुधराक्ष गाविस–३ बुद्धनगरमा बसोबास गरेको अवस्थामा २०६१ मंसिर २४ गते कान्छी श्रीमती ४० वर्षीया राधिका दर्जीलाई मादक पदार्थ सेवन गरेको विषयमा चिर्पट प्रहार गरी हत्या गरी फरार रहेका थिए । भारतको दिल्लीमा करिब तीनवर्ष काम गरी नेपाल आई काठमाडौं क्षेत्रपाटी ढल्कुमा वास्तविक पहिचान लुकाई दिपक रानाको नाममा लुकीछिपी बसेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं…

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज सामाजिक सञ्जालमार्फत गगनले सरकारको सो निर्णयको विरोध गरेका हुन् ।  राज्यकोषमा स्रोतको व्यापक दबाब परेका बेला लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको भन्दै निर्णय रोक्नुपर्ने उनले माग गरेका छन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधयेक विचाराधिन रहेकाले रकम बाँड्ने भन्दा पनि कानुन बनाएर टुंग्याउनुपर्ने धारणा राखेका छन् । ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर् छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन रहेकोले सरकार रकम बाँड्न होइन । पीडितमैत्री कानुन बनाई संक्रमणकालीन…

Read More

काठमाडौँ – सरकारले शान्ति प्रक्रियाको १८ वर्ष बितेपछि सशस्त्र द्वन्द्वकालका माओवादी ‘अयोग्य लडाकु’हरूलाई राहत वितरण गर्ने भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयबमोजिम गृह मन्त्रालयले अयोग्य लडाकुहरूलाई राहत वितरण गर्ने गरी ‘सशस्त्र द्वन्द्वका अयोग्य लडाकुहरूलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९’ तयार गरी जारी गरेको हो । २०६३ कात्तिक २२ गते ७ दल र तत्कालीन माओवादीबीच भएको १२ बुँदे समझदारी र ८ बुँदे सहमतिपछि माओवादी सेनाका लडाकुहरूलाई कैलाली, सुर्खेत, रोल्पा, पाल्पा, काभ्रे, सिन्धुली र इलामका मुख्य शिविरमा राख्ने र संयुक्त राष्ट्रसंघद्वारा उनीहरूको प्रमाणीकरण र अनुगमन गर्ने’ सहमति भएको थियो । त्यसपछि ०६३ मंसिर ५ को शान्ति सम्झौतामा लडाकु र…

Read More

महेन्द्रनगर – कञ्चनपुरको पुनर्बास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने क्रममा पुनर्बास नगरपालिका–१० कालिका मन्दिरका ३२ वर्षीया तारा विष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार नालामा महिला डुबेको देखेपछि स्थानीय बालबालिकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक महिलाको शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ ।

Read More

चितवन – चितवन-२ को उपनिर्वाचनबाट पराजित एमाले उम्मेद‍्वार राम न्यौपानेले मतदातालाई धन्यवाद दिएका छन् । एमाले जिल्ला अध्यक्षसमेत रहेका न्यौपानेले जिल्ला कमिटीमार्फत धन्यवाद सन्देश प्रेषित गरेका हुन् । न्यौपानेले सन्देशमा चितवन–२ को उपनिर्वाचनमा आफ्नो पार्टी एमालेको सूर्य चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । उपनिर्वाचनको परिणामलाई सहर्स स्वीकार गर्दै अहोरात्र खटिने पार्टी र जनसंगठनका विभिन्न तहका जिम्मेवारीमा रहेका नेता, कार्यकर्ता, सदस्य, सदस्य, शुभेच्छुक एवम् विभिन्न प्रकारले सहयोग गर्नेप्रति धन्यवाद व्यक्त गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, कर्मचारी, निर्वाचन प्रक्रियामा सहभागी हुने सबै राजनीतिक दल तथा उम्मेदवार, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार एवम् पर्यवेक्षकलगायत सम्पूर्णप्रति उनले आभार…

Read More

काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भएको सम्बन्धी जानकारी एसएमएसमार्फत दिन थालिएको छ । यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको लाइसेन्स छापिएको वा नछापिएको जानकारी लिने सेवा पुनः सञ्चालनमा ल्याएको हो । एक सूचना जारी गर्दै विभागले बुधबारदेखि अनलाइन फारम भर्ने वा नवीकरण गर्न सम्बन्धित कार्यालयमा जाँदा अनिवार्य रूपमा आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउन अनुरोध गरेको छ । आफ्नो सवारी चालक अनुमतिपत्र छपाइ भई कार्यालयमा गए/नगएको जानकारी विभागको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने विभागले बताएको छ । ‘अपुरो विवरण वा अन्य कुनै प्राविधिक कारणले १ वर्ष भन्दा बढी अवधिको स्मार्ट कार्ड छपाइ हुन बाँकी भए सम्बन्धित सेवाग्राहीले सम्बन्धित यातायात…

Read More

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली काँग्रेसमा डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । विश्वासको मत नपाएपछि सोमबार प्रदेश प्रमुख अमिक शेरचनले लीला गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रूपमा काम गर्न जिम्मेवारी तोकेका थिए ।

Read More