Author: Saru Shrestha

वीरगन्ज – राजश्व छलेर भित्र्याइएको आशङ्कामा वीरगन्जबाट प्रहरीले दुई रोडभन्दा बढी मूल्यको सामानसहितका दुई ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडक खण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाखभन्दा बढी मूल्यका सामान लोड गरिएका दुई वटा ट्रक नियन्त्रणमा लिएको हो । वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जाँदै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यस क्रममा दुवै ट्रकबाट शृङ्गारका सामग्री, हार्डवेयर,औषधि लत्ताकपडा गरी २करोड २६ लाख ८ सय २३ रुपैयाँ मूल्यको सामान बरामद भएको पर्सा प्रहरीले जनाएको छ । ती दुवै ट्रकमा…

Read More

काठमाडौँ – गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारवाहीको निर्देशन दिएको हो ।

Read More

कपिलवस्तु – न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कपिलवस्तुले न्यायाधीश गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वैवाहिक जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै अदालत समक्ष पक्राउ पुर्जी जारी गर्न माग गरेपछि पक्राउ पुर्जी जारी भएको अदालतका श्रेस्तेदार सुमन पाण्डेले जानकारी दिए । न्यायाधीश गिरीविरुद्ध उनकै श्रीमतीले वैवाहिक करणीको उजुरी कपिलवस्तु प्रहरीमा दिएकी थिइन् । न्यायाधीश गिरीको न्याय परिषदमा सरुवा भइसकेको बताइएको छ ।

Read More

काठमाडौं – राष्ट्रीय कितावखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत सरहका सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो व्यक्तीगत विववरण अद्यावधिक गर्न सूचना जारी गरेको छ। कर्मचारीको सरुवा, वढुवा पुरस्कार र पदस्थापन विज्ञताका अधारमामात्र गर्ने सरकारको तयारीपछि कितावखानाले यस्तो सूचना जारी गरेको हो।  धेरैजसो कर्मचारीको सुरु सेवा प्रवेशको मात्र शैक्षिक योग्यता रहेको तथा सरुवा वढुवाको विवरणसमेत अद्यावधिक नरहेकोले यस्तो सूचना जारी गरी विवरण अद्यावधिक गर्न लागीएको राष्ट्रीय कितावखानाका महानिर्देशक डा. टोकराज पाण्डेले बताए। ‘निजामती सेवा नियमावली २०५० को नियम १० मा भएको व्यवस्था बमोजिम यस्तो निर्णय गरिएको हो,’ महानिर्देशक पाण्डेले भने। उपसचिव र अधिकृतको पदमा पुगेका कर्मचारीकोपनि व्यक्तीगत विवरणमा एसएलसी वा…

Read More

दाङ – दाङको तुलसीपुरमा रहेको बसपार्कमा पार्कीङ गरिराखेको बसबाट डिजेल चोरी गर्ने गिरोह पक्राउ परेको छ । जीपसहित उक्त गिरोह पक्राउ परेको हो । पक्राउ पर्नेमा तुलसीपुर–९ बेलुवा निवासी २१ वर्षका विशाल रावत र रानीजरुवा निवासी १९ वर्षका नविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रवक्ता तथा प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । ना४ख ६४९५ नम्बरको बसबाट आज बिहान २ बजे डिजेल झिक्दै गर्दा दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट २० लिटर डिजेल, ३०-३० लिटरका दुईवटा ग्यालीन र डिजेल बोक्न प्रयोग गरिने ना४च ५७८७ नम्बरको जीपसमेत प्रहरीले बरामद गरेको छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ५० शैयाको प्रादेशिक आयुर्वेद चिकित्सालय उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमका बीच धनगढी उपमहानगरपालिका वडा नम्बर १३ र ३ को सिमानामा रहेको चिकित्सालयको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले आयुर्वेद चिकित्साको महत्त्व बढ्दै गएकाले प्रदेश सरकार यसलाई प्रभावकारी संचालनका लागि प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री शाहले आयुर्वेद क्षेत्रमा चाहिने जनशक्ति पनि यसैबाट उत्पादन होस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताउँदै त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताए । कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले यश चिकित्सालयका लागि अन्य भौतिक संरचना आवश्यक भए सहयोग गर्न तयार…

Read More

बैतडी – बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला आज ४ बजेतिर ठक्कर दिएको थियो । जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

बारा – निर्वाचन आयोग नेपालले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारले अधिकतम २९ लाख सम्म खर्च गर्न पाउने जनाएको छ । आयोगले बुधवार विज्ञप्ति जारी गर्दै उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो । आयोगले बारा २, चितवन २ का उम्मेदवारले अधिकतम २९ लाख र तनहुँ १ का उम्मेदवारले ३१ लाख खर्च गर्न सक्ने जनाएको छ । नेपालको राजपत्रमा तोकिए बमोजिमको सिमा भित्र रहेर उम्मेदवारले चुनाव प्रचारका लागि खर्च गर्न सक्नेछन् । आयोगले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत विज्ञप्तिमार्फत सूचित गरेको छ ।

Read More

मुगु – मुगुमा एक प्रहरी जवानले आत्म हत्या गरेका छन् ।  जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार दिउँसो अन्दाजि २ : ४५ बजेतिर आत्म हत्या गरेका हुन ।  जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डी आत्म हत्या गरेको गरेको जनाएको छ । नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटि आई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरिक्षक महेशले बताए । उनका अनुसार…

Read More

पोखरा – पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै काँग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनस् मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

Read More