पोखरा – पोखरा महानगरपालिका–१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।
मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै काँग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुनस् मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
Facebook Comments Box