Author: Saru Shrestha

दार्चुला – दार्चुलामा भीरमा लडेर एक युवकको मृत्यु भएको छ । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुर भिटाच्युरा बस्ने ३१ वर्षीय जयदेब जोशीको अम्कुर र गराडी गाउँको बिचमा पर्ने लिसिनि भीरमा खसेर मृत्यु भएको हो । आज विहानै डोका ल्याउन लेकम गाउँपालिका वडा नम्बर २ गराडी जान्छु भनी हिडेका जोशी बाटोबाट लडेर भीरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय सदर गरेको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए । सो क्षेत्रमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

Read More

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहर गरेको छ। द डनका अनुसार विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो। प्रमुख निर्वाचन आयुक्तसहित पाँच जनाको इजलासले उक्त मुद्दामा खानलाई दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो। इजलासका एक जना सदस्य अनुपस्थित थिए। प्रधानमन्त्री हुँदा खानले आफूले पाएका उपहारबारे राज्यका निकायलाई जानकारी नदिएको र तीमध्ये केही सामान बेचेको आरोप थियो। खानले पनि आफूले केही उपहार बेचेको स्वीकारेका थिए। आयोगको फैसलापछि खानका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै निर्वाचन आयोग आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

Read More

काठमाडौं – बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गोली चलाएको छ। जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो। झडपलाई नियन्त्रणमा लिन १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। झडपमा घाइते १० प्रहरीको सिमरास्थित अल्पाइन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जको गण्डक अस्पताल लगिएको छ। उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच भनाभन भएपछि झडपको अवस्था सिर्जना भएको हो। वार्तामा कुरा नमिलेपछि स्थिति तनावपूर्ण बनेको हो।

Read More

धनगढी – कञ्चनपुरमा एक प्रतिनिधिसभा सदस्य र एकजना प्रदेशसभा सदस्य उम्मेदवारसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिको जग्गा खरिद बिक्रीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका पल्टु राना र प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार मदन दमाईसहित ३७ जना विरुद्ध मुद्दा दर्ता गरेको हो । नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा उम्मेदवारी दिएका राना र क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका दमाईं पनि प्रतिवादी बनाइएका हुन् । अख्तियारका अनुसार जग्गा खरिद बिक्री घोटालाको घटना हुँदा राना नगर विकास…

Read More

धनगढी – बैतडीको एक विद्यालयमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाबाट गएको असोज १४ गते राति ल्यापटप र कम्प्युटर चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दशरथचन्द–४ का २० वर्षीय भुपेश भट्ट र सोही ठाउँका २१ वर्षीय खेमराम तिरुवालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबैमाथि मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४३ अन्तर्गत चोरी मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढी निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिता विपरीत हुने खालका काममा अनुमति पाउँ भनी दिएको निवेदनहरू रोकिदिएको प्रस्टाएका हुन् । उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ति, नयाँ भवन शिलान्यास, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरीत भएकाले त्यस्ता खालको काममा अनुमति नदिइएको बताए । तर आयोगले अत्यावश्यक सेवाका लागि परेको करिब १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय,…

Read More

दार्चुला – दार्चुला जिल्ला प्रदेश सभा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामीको प्रचारप्रसार तिव्र रुपमा भइरहेको छ । मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा अवस्थीत देशकै सातौ धाम मालिकार्जुन मन्दिरबाट सुरु गरिएको प्रचार प्रसार अभियान तिव्र पारिएको स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔ अभियानले जनाएको छ । स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔँ अभियानले आज व्यास गाउँपालिका वडानम्बर ५ को धौलाकोटको स्याकु, किमसैन, चुकपानी, मल्लो तिगरम, तल्लो तिगरम र तिगरमघाटमा घरदैलो गरेको प्रचारप्रसार अभियानका सदस्य कपिलदेव भट्टले जानकारी दिए । त्यस्तै व्यास गाउँपालिका वडानम्बर ६ को हुती बसेडी, खातीगाउँ, दाहुती, पन्तोली र चन्दाकोटमा घरदैलो गरिएको…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मानव श्रोत विभागमा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा प्रसाद भट्टराईको काज सरुवा गरेको छ । मन्त्रीस्तरीय बैठकले असोज ३१ गते गरेको निर्णयअनुसार डिआइजी भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार काज सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । डिआइजी भट्टराईको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईको काज सरुवा गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । निर्वाचनको मुखमा काज सरुवा गरिएको हो ।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बैङ्कलाई गाली गरेर तरलता समस्या समाधान नहुने बताएका छन् । अर्थमन्त्री शर्माले बिहीबार तरलता समस्या समाधान गर्नको लागि गभर्नर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए । अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा तथा उपाध्यक्ष अञ्जन श्रेष्ठ सहभागी थिए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी तथा अनलराज भट्टराई तथा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल सहभागी थिए । बैठकमा व्यवसायीहरूले बैङ्कहरूले प्रिमियम बढाएको र व्यवसायीलाई समस्यामा पारेको भन्दै हस्तक्षेप गर्नुपर्ने बताएका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार मनऋषि धितालले तरलता समस्या समाधानको लागि बैङ्कले व्यवसायीलाई र व्यवसायीले बैङ्कलाई…

Read More