दार्चुला – दार्चुला जिल्ला प्रदेश सभा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार नेपाल पत्रकार महासंघ दार्चुलाका पुर्व अध्यक्ष शंकरसिह धामीको प्रचारप्रसार तिव्र रुपमा भइरहेको छ ।
मालिकार्जुन गाउँपालिका वडानम्बर ३ मा अवस्थीत देशकै सातौ धाम मालिकार्जुन मन्दिरबाट सुरु गरिएको प्रचार प्रसार अभियान तिव्र पारिएको स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔ अभियानले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार शंकरसिह धामी जिताऔँ अभियानले आज व्यास गाउँपालिका वडानम्बर ५ को धौलाकोटको स्याकु, किमसैन, चुकपानी, मल्लो तिगरम, तल्लो तिगरम र तिगरमघाटमा घरदैलो गरेको प्रचारप्रसार अभियानका सदस्य कपिलदेव भट्टले जानकारी दिए ।
त्यस्तै व्यास गाउँपालिका वडानम्बर ६ को हुती बसेडी, खातीगाउँ, दाहुती, पन्तोली र चन्दाकोटमा घरदैलो गरिएको प्रचारप्रसार अभियानका सदस्य भट्टले बताए ।
त्यसैगरि स्वतन्त्र उम्मेदवार जिताऔ अभियानको अर्को टोलीले लेकम गाउँपालिका वडानम्बर ५ को चौपाता, वडानम्बर ६ को सिरोडा, मेल्लाउ,उचाकोट हुदै वडानम्बर १ सर्मोलीमा घरदैलो गरेको उक्त टोलीका संयोजक गणेशसिह धामीले जानकारी दिए ।
लेकम गाउँपालिकामा पनि पार्टीप्रति मतदाता असन्तुष्ट रहेको उनले बताए । पार्टीका नेताहरुबाट पटक पटक ठगिएकोले स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न लेकम क्षेत्रका जनता कुरीरहेको मतदाताहरुको एक स्वर रहेको लेकम क्षेत्रमा खटिएको प्रचार प्रसार समितिका अर्का सदस्य आनसिह धामीले बताए।