Author: Saru Shrestha

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार काठमाडौंमा आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको भन्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताका लागि प्रतिवद्ध रहेको बताएका हुन् । उनले कांग्रेसले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव आवाज उठाउदै आएको धारणा राखे । प्रेस स्वतन्त्रता नभएको देशमा प्रजातन्त्रको सुदृढिकरण हुन नसक्ने उनको भनाइ छ । देउवाले आफ्नो प्रतिनिधि छान्न पाउने जनताको अधिकारलाई थप बलियो बनाउन आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने बताए । उनले संविधानमा उल्लेख जनताको अधिकारको ग्यारेन्टी गर्न सरकारमा बस्नेहरु पनि गम्भीर हुनुपर्ने बताए…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ९२१ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ४३ जना नै संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ६९२ जना सक्रिय कोरोना संक्रमित छन् ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र पूर्वयुवरानी हिमानी शाहबीच भेटवार्ता भएको छ । महानगरप्रमुख बालेनले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सार्वजनिक गर्दै भेटवार्ता भएको जानकारी दिएका हुन् । हिमानीसँगको फोटो फेसबुकमा राखेका बालेनले भेटवार्ताको विषयमा केही खुलाएका छैनन् ।

Read More

काठमाडौं – वन तथा वातावरण मन्त्रालयले जलवायु सम्मेलन (कोप २७) मा के कस्ता विषय लिएर सहभागी हुने भन्ने विषयमा आइतबार पत्रकार सम्मेलन गरेको छ। कार्यक्रममा मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले यो वर्षको माग ‘क्लाइमेट एक्सन’ मा जानका लागि जोडदार माग हुने बताएका छन्। पेरिस सम्झौता २०१५ मा उल्लेख बमोजिमका मुद्दाहरू कार्यान्वयनका विषय लिएर नेपाल गत वर्ष ग्लास्गोमा सहभागी भएको थियो। उनले भने ‘गत वर्षको मुद्दा जलवायुको महत्कांक्षा उच्च बनाउनुपर्छ भन्ने थियो। यो वर्ष मुद्दालाई कार्यान्वयनमा लैजानुपर्छ भन्ने हो।’ नेपालले गरेको राष्ट्रिय निर्धारित प्रतिवद्धता (एनडीसी) कार्यान्वयन गर्नलाई जलवायु वित्त आवश्यक हुन्छ। जलवायु सम्बन्धी काम गर्नका लागि बजेट नै मुख्य बाधक…

Read More

अर्घाखाँची – छिमेकीको हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आईतवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिक बहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अघाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखी फरार रहेका थिए । प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो…

Read More

काठमाडौं – कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुकसहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । उनका अनुसार घटनालगत्तै खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय आइत सिंह तामाङ छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक फेला पारेको डिएपी तिवारीले बताए । तामाङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा…

Read More

काठमाडौँ – दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् । शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका-११ को मोतीपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना बेपत्ता भएका थिए ।

Read More

काठमाडौँ – ‘मेमोरी किङ’ अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन्। अर्पणले सो विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्डस्’ को कार्यालयबाट नेपाल आएलगत्तै सार्वजनिक गरेका हुन्। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन्। १ मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान, साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन्। शर्माले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए। ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् । स्नायुरोग विशेषज्ञहरुले दिएको जानकारी अनुसार सीतालाई लागेको रोक मस्तिष्कमा लाग्ने रोग हो । यो रोग निकै कम मानिसमा देखिने गर्दछ ।

Read More

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसार पसार, खरिद बिक्री र प्रयोगमा पूर्णत रोक लगाएको जनाएको छ । प्रशासनले कोही कसैबाट पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । तिहारको समयमा पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज…

Read More