Author: Saru Shrestha

काठमाडौं – एमालेअध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्ताे बताएका हुन् ।  एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खाेजेको समेत उनले बताए । उनले बाजुरा दाेलखालगायतका जिल्लामा धाँधली भएकाे समेत बताए । ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नाेस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय निर्वाचनकाे नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१0 सिटकाे फरक पर्ने देखिएकाे छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेकाे छ ।

Read More

काठमाडौं – मेलम्ची नदीमा पानीकाे बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन मेलम्ची खानेपानी विकास समितिले आग्रह गरेका छ । एक सूचनामार्फत समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सुरु भएकाले पानीको बहाव घटबढ हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।  सुरुङ प्रवेश मार्गबाट जुनसुकै समयमा पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको समितिले जनाएको छ । यस्तै उक्त स्थानहरूमा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन समेत सूचित गरिएको छ । सरकारले पुसमै मेलम्चीकाे पानी काठमाडाैंवासीलाई खुवाउने घाेषणा गरेकाे थियाे । साेहीअनुसार मेलम्ची सुरुङमा पानी छाडिएकाे छ ।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्रका आइजिपी राजु अर्याललाई बालुवाटारमा बोलाए धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा सुरक्षा प्रमुखहरूलाई धन्यवाद दिएका हुन्। मंसिर ४ मा सम्पन्न निर्वाचन सफल पार्न भूमिका निभाएका सकल दर्जालाई प्रधानमन्त्रीले आफ्नो तर्फबाट धन्यवाद र ‘बधाई’ सुनाइदिन आग्रह गरेका छन् । बालुवाटार स्रोतका अनुसार निर्वाचन सुरक्षा र निर्वाचन पछिको अवस्थाबारे दुवै आइजिपीले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । निर्वाचनको दिन झडप र कुटपिटबाट बाजुरामा दुईजनाले ज्यान गुमाएका थिए । बाजुराको त्रिवेणी नगरपालिका(७ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भातृ सङ्गठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन…

Read More

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली प्रकाशकीय अधिकृतलाई पक्राउ गरेको छ। गोरखाको सहिद लखन गाउँपालिका घर भई जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा आफूलाई जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउने आकाशचन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार दिउँसो पौने चार बजेको समयमा परियारले आफूलाई प्रशासन कार्यालयको प्रशासकीय अधिकृत भएको बताई ठगी गरिरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी गङ्गाबहादुर थापाले बताए। आफू जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई निजामती कर्मचारीको पोसाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरू, आकाश चन्द्र परियार प्रशासकीय अधिकृतको रबर छाप बोकिरहेको अवस्थामा फेला पारेपछि उनलाई पक्राउ गरिएको…

Read More

काठमाडौँ – ‘एभीएसन सेफ्टी लिस्ट (कालो सूची)’मा नेपाललाई निरन्तरता दिएको युरोपेली युनियन मातहतको एभीएसन सेफ्टी एजेन्सी (आयसा)ले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउने भएको छ । ईयूले नोभेम्बर महिनाका लागि अपडेट गरेको एयर सेफ्टी लिस्टमा नेपालले निरन्तरता पाएको छ । यो सूची आउनु ठिक अगाडि अक्टोबरमा आयसाबाट ‘असिस्मेन्ट मिसन’ नेपाल आएर नेपालबारे परीक्षण गरेको थियो । त्यसपछि आएको सूचीमा नेपाल निरन्तर परेसँगै यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले चासो राखेको थियो । ईयूका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा ईयूले ‘अनसाइट असिस्मेन्ट असिस्मेन्ट भिजिट’ गर्न लागेको जानकारी दिएका छन् । प्राधिकरणका सूचना…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।  पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।

Read More

सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएकोमा आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको निर्वाचन कार्यलयका सहायक-निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । आइतबारदेखि यहाँको मतगणना रोकिएको थियो । बराहक्षेत्र ८ को मतगणना हुँदै गर्दा ब्यालेटभित्र नभएको ६ सय मत नेकपा एमाललेको पक्षमा जोडिएको आरोप लगाउँदै मतगणना रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माग गरेका थिए । बराहक्षेत्र नगरपालिकाका १० र ११, भोक्राहाका ७ र ८, हरिनगराका ६ र…

Read More

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दललाई चुनावको खर्च विवरण बुझाउन निर्देशन दिएको छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिएको हो। आयोगले सम्बन्धित जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउन भनेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारले मतदान भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ। त्यस्तै, आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका दलहरूलाई पनि खर्च विवरण बुझाउन निर्देशन दिएको छ। यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेको थियो। जरिवाना नतिरेका व्यक्तिले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा दिएको उम्मेदवारी रद्द…

Read More

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार दुईजना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको भुम्लु गाउँपालिका-१ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली रहेकाे प्रहरीले जनाएको छ ।  केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले न्यौपानेलाई बालकुमारीबाट आइतबार र पराजुलीलाई भक्तपुरको चाँगुनारायणबाट सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उच्च अदालत पाटनको १४ मंसिर २०७८ को फैसलाले बैंकिङ कसुर मुद्दामा देवीकृष्ण न्यौपानेलाई नाै लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय र सोही अदालतको १५ साउन २०७९ को फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रुपैयाँ जरिवाना…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका विभिन्न साना दल तथा स्वतन्त्रबाट १८ जना उम्मेदवारको जमानत जफत भएको छ। उनीहरुले एक सय भोट पनि पुगाउन नसकेपछि उनीहरू सबैको जमानत जफत भएको हो। प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपैयाँ धरौटी राखेका थिए। सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर १८ जनाले एक सय पनि भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो। निर्वाचन आयोगका अनुसार एक सय भोट पनि पाउन नसक्नेमा कैलालीमा सबैभन्दा बढी उम्मेदवार रहेका छन्।

Read More