धनगढी – सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका विभिन्न साना दल तथा स्वतन्त्रबाट १८ जना उम्मेदवारको जमानत जफत भएको छ। उनीहरुले एक सय भोट पनि पुगाउन नसकेपछि उनीहरू सबैको जमानत जफत भएको हो।
प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारीको क्रममा १० हजार रुपैयाँ धरौटी राखेका थिए। सो धरौटी जोगाउनका लागि उम्मेदवारले सदर मतको १० प्रतिशत भोट प्राप्त गर्नुपर्ने थियो तर १८ जनाले एक सय पनि भोट कटाउन नसकेपछि उनीहरूको धरौटी जफत भएको हो।
निर्वाचन आयोगका अनुसार एक सय भोट पनि पाउन नसक्नेमा कैलालीमा सबैभन्दा बढी उम्मेदवार रहेका छन्।
Facebook Comments Box