धनगढी – दार्चुलाका मृत फेला परेका नरसिंह विष्टको जिल्ला अस्पतालमा रहेका शव अझै आफन्तले बुझ्न मानेका छैनन्। ब्याँस गाउँपालिका ४ डोकटका विष्टको शव ४ मंसिर (चुनावकै दिन) घर नजिकैको खोलामा भेटिएको थियो। ३ मंसिर रातिदेखि बेपत्ता भएका ३५ वर्षीय विष्ट भोलिपल्ट मृत भेटिएका थिए। विष्टको शरीरमा चोटपटक लागेको अवस्थामा शव फेला परेको थियो। खलंगामा होटल चलाउँदै आएका विष्टलाई अज्ञात समूहले कुटपिट गरी हत्या गरेको आशंका गरिएको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खलंगामा राखिएको छ। विष्टका आफन्तले भने दोषीलाई कारबाही नभएसम्म शव अस्पतालबाट नउठाउने बताइरहेका छन्। सत्ता गठबन्धनका कार्यकर्ताले विष्टको हत्या गरेको आफन्तले आरोप लगाएका छन्। ४ मंसिरमा विष्ट भोट…
Author: Saru Shrestha
धनगढी – बाजुरामा मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ। जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसाएको निर्वाचन आयोगमा उजुरी परेपछि मतगणना अनिश्चित बनेको हो। निर्वाचनका बेला एमालेले आफ्नो पहुँच भएको मतदान केन्द्रमा बुथ कब्जा गर्दै मतदानमा सहभागी नभएका र विदेश गएका तथा मृत्यु भएकाको समेत मत हालेको आरोपसहित कांग्रेसले पाँच मतदानस्थलका १७ मतदान केन्द्रमा पुनः निर्वाचन गर्न माग गर्दै उजुरी दिएको छ। यस्तै नेपाली कांग्रेसको पहुँच भएको मतदान केन्द्रमा कुथ कब्जा गरी विदेश भएका, जागिरको सिलसिलामा जिल्ला बाहिर रहेका र मृत्यु भएकाको…
सुनसरी – नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् । कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।
सर्लाही – प्रदेशसभा अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर राय निर्वाति भएका छन् । रायले ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई १ सय ७९ मतान्तरले पराजित गरे । पराजित चौधरीले ९ हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसद समेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले ८ हजार ९४०मत प्राप्त गरे ।
अघिल्लो चुनावभन्दा यो चुनावमा राप्रपाको प्रत्यक्षतर्फ आसन सङ्ख्या र समानुपातिकतर्फ मत अंक बढेको छ। यो संतोषजनक कुरो हो तर खुशी मानी हाल्नु पर्ने कुरो होइन। अहिल्यै बहुमत ल्याउने अवस्था नभए पनि राप्रपाले आफ्नो वैचारिक उपस्थिति र देशव्यापी सञ्जाललाई हेर्दा उ कांग्रेस र एमालेपछिको तेस्रो शक्ति बन्नै पर्थ्यो। त्यो स्थानमा पुग्न नसक्नु राप्रपाको लागि लाज मान्नु पर्ने विषय नै हो। तैपनि नहुनु मामाभन्दा आँखा नदेख्ने मामा हुनु नै ठिक भन्ने उखानलाई स्मरण गर्दा राप्रपाको यो प्रदर्शन तै बिशेक नै हो। लेखक:खगेन्द्र गिरी राप्रपाले एमालेसंग गठबन्धन नगरेको भए र प्रदेशमा नउठाएको भए यो भन्दा राम्रो प्रगति हुने थियो। गठबन्धनले उसको सैद्धान्तिक निष्ठामा…
काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।” उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् । पूर्व प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन…
काठमाडौं – नेकाप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भारतीय राजदूत नविन श्रीवास्तव खुमलटारमै पुगेर अध्यक्षज्युसँग भेटवार्ता गरेको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको थियो । राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।
काठमाडौं – भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए । राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।
रुपन्देही – गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपा नेता दीपक बोहोरालाई बधाइ दिएका छन् । गृहमन्त्री खाणले बोहोरालाई टेलिफोनमार्फत् बधाइ दिएका हुन् । उनले बोहोरालाई सफल कार्यकालको शुभकामनासमेत दिएका छन् । बोहोराले खाणलाई दुई हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाणले ३४ हजार ३६ मत प्राप्त गरेका छन् ।
बाजुरा – बाजुराको बुढिनन्दा ५ मा शनिबार भएको पुन: मतदानमा ५ सय ९७ मत खसेको छ । यो ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मंसिर ४ गते कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपका कारण स्थगित भएको मतदान शनिबार शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेका थिए । निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेका हुन् ।