काठमाडौं – काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई छाड्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले क्षितिजलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए । भदौ १२ गते पक्राउ परेर भदौ २३ गते रिहा भएका सिंहलाई सोमबार काठमाडौंबाटै पक्राउ गरेको थियो । उनीमाथि नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग थियो ।
Author: Saru Shrestha
पोखरा – नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार २८ असोजमा गरिएको अभ्यास खेलकै नतिजालाई नै आधार मानेर पुरस्कार वितरण गरिएको हो । क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी बिधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाल आर्मीले समान ३–३ स्वर्ण जितेका छन् । जसअनुसार क्रसकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७ सय ५० अंकसहित स्वर्ण पदक हात पारेको हो । विभागीय…
काठमाडौं – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विभागीय टोलि एपीएफ क्लबले जितेको छ । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ ले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । पेनाल्टीमा एपीएफका लागि नबिन लामा, आवास लामिछाने, सुदिप शिख्राकार, राजु योगी, दिपेश धिमाल र मणि कुमार लामाले गोल गरे । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, बिबेक बस्नेत र विकास खवासले गोल गरे । ७९ अौं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । एपिएफका प्रदीप लामा र आर्मीका पदम तामाङबीच धक्कामुक्की हुँदा रेफ्री नविन्द्र महर्जनले दुवैलाई रातो कार्ड दिए ।
धनगढी – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ २० जिल्लाको मतपत्र छपाइ सकिएको छ। बुधबार प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ सकिएको हो। निर्वाचन आयोगले प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार १ करोड २८ लाख ४९ हजार ५०० मतपत्र छपाइ भइसकेको छ। आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले प्रदेशसभातर्फ ६४ लाख ३२ हजार ५०० र प्रतिनिधिसभातर्फ ६४ लाख १७ हजार मतपत्र छापिइसकेको जानकारी दिए। निर्वाचनको लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन्। जसअनुसार प्रत्यक्षतर्फ करिब ४ करोड र समानुपातिकका लागि…
बैतडी – बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ। पालिकामा १५ शैय्याको अस्पताल तोकिएको ठाउँमै बन्नुपर्ने भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्। बिहीबार नगरपालिकाको वडा नम्बर १ का स्थानीयहरुले पालिकामा तालाबन्दी गरेका हुन्। उनीहरुले आफ्नो वडास्थित बिठ्ठनेमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध भइसके पनि पालिकाले अन्यत्र सार्न खोजेको आरोप लगाएका छन्। पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ। नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा , शिक्षा शाखा लगायतका अन्य शाखाहरुमा तालाबन्दी गरिएका छ। त्यहाँ संघीय सरकारले २०७० सालमै १५ शैय्याको अस्पताल निर्माणका लागि निर्णय गरेपनि अहिले सम्म विवादकै कारण अलपत्र बनेको छ।
राम धामीडडेल्धुरा – डडेल्धुरा जिल्लाबाट प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेस (विपी) का उम्मेदवार कर्णबहादुर मल्लले चुनावी खर्च प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेका छन । नेपाल एसबीआई बैंक लिमिटेड डडेल्धुरा शाखामा पुगेर बुधबार मल्लसँगै नेपाली काँग्रेस.(विपीं)सँग चुनावी तालमेल गरेका नेकपा (एकीकृत समाजवादी) का नेता डा. तारा जोशीले पनि बैंक खाता सञ्चालनमा ल्याएका छन । बैंक खाता खोलेसँगै साथीहरुबाट पहिलो दिन ७५ हजार रुपैयाँ सहयोग प्राप्त गरेको मल्लले बताए । प्रतिनिधी सभा सदस्य पदका लागि नेपाली काँग्रेस (विपी) का उम्मेदवार मल्लले बैक खाताबाटै चुनावी खर्चको कारोबार गरेर अन्तिममा बैंक स्टेटमेन्टसहित चुनावी खर्चको विवरण सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । निर्वाचन…
काठमाडौँ – रामेछापको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इन्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवै जनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो । खानेपानी तथा सरसफाइ डिभिजन-४ का इन्जिनियर नवराज सत्याल र करारका प्लम्बर बखतबहादुर थापा बुधबार १६ लाख नगद १२ लाख रुपैयाँको चेकसहित पक्राउ परेका थिए । रामेछापको मन्थलीस्थित इन्जिनियर सत्यालको सरकारी निवासमा थप खानतलासीको क्रममा रकम बरामद भएको अख्तियारको दाबी छ । उनीहरूले सेवाग्राहीसँग घुस मागेको सूचना पाएको आधारमा आफ्नो टोलीले निगरानी गरेको…
काठमाडौँ – चुनावको मुखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग लाइभ डिबेटको प्रस्ताव गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस विषयलाई आमसञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यस्ता लाइभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गरिने भएकाले ओलीले सञ्चार माध्यम र सम्पादकहरूले धारणा पनि माग गरेका छन् । ‘मैले हिजो एजेण्डा आधारित बहसका लागि नेकाका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई आमन्त्रण गरेको थिएँ’, ओलीले सामाजिक सञ्जालमार्फत बुधबार भनेका छन्, ‘यस विषयलाई आम सञ्चार माध्यमहरुले पनि सकारात्मक चर्चा गरेको पाएँ । यसप्रति म खुसी छु । विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाईभ डिबेटहरु सार्वजनिक सञ्चार…
काठमाडौं – नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो । समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् । बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ । उक्त समितिको सदस्यमा डा.गंगालाल तुलाधर, डा.। विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भूसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल…
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रतिगमनलाई रोक्न ५ दलीय गठबन्धन भएको बताएका छन् । बागलुङको निसीखोला गाउँपालिका सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले ५ दलीय गठबन्धन संविधान सिध्याउनका विरुद्ध भएको बताए । बागलुङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका पौडेलले मध्ये पहाडी लोकमार्ग निर्माण गर्दा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारका रूपमा काम गरेको स्मरण गराउँदै उनले ढोरपाटन साल्झण्डीको सडक कालोपत्रेको काम चलिरहेको उल्लेख गरे । रङ्गेली, हरिचौर, रणसिंहकिटेनी, भीमगिठे, दर्लिङ, निसीहुँदै प्युठान जोड्ने सडकको काम भइरहेको बताउँदै मध्यपहाडी लोकमार्गको विकल्पको रूपमा भएको बताए । बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै छुट्टै खालको प्रशासनिक कार्यालय बुर्तिबाङमा ल्याउने आश्वासन…