Author: Saru Shrestha

काठमाडौं – कास्की क्षेत्र नम्बर – २ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले  ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले  ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् ।  

Read More

टीकापुर – कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् । हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।

Read More

काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार हालसम्म तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार हालसम्म काठमाडौँ क्षेत्र नं ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् । जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन् । नेकपा ९एमाले० ३४, नेकपा ९माओवादी केन्द्र० १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा ९एकीकृत समाजवादी० सात र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन्…

Read More

काठमाडौं- नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीसँग पाँच सय मतले पछि परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याएका छन् । चौधरी ६ हजार ८ सय ९० मतसहित सेनलाई पछ्याइरहेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित हृदयेश त्रिपाठी भने तेस्रो नम्बरमा झरेका छन् । जनता प्रगतिशिल पार्टी, नेपालका अध्यक्ष समेत रहेका उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार भएपनि ५ हजार ५ सय ८९ मतसहित प्रतिस्पर्धामा छन् ।

Read More

काठमाडौं – सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उमेदवार सिके राउतले १९ सय १२० मत पाएका छन् । जनता समाजवादी पार्टीका उमेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।

Read More

काठमाडौं – नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका तीन जना बागी उम्मेदवारले अग्रता कायम गरेका छन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा उनीहरूले लगातार अग्रता लिइरहेका छन् ।  नेकपा एमालेबाट टिकट नपाएपछि सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेका मानबहादुर खड्काले लगातार अग्रता कायम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादीका उम्मेदवार रामप्रकाश चौधरीले खड्कालाई पछ्याइरहेका छन् । यस्तै यस क्षेत्रमा एमालेसँग गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका प्रमोद साह तेस्रो स्थानमा छन् । महोत्तरी ३ एमालेका बागी राम आधार कापरले समेत अग्रता लिइरहेका छन् । एमालेको समर्थन रहेका लोसपाका महन्थ ठाकुरलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार कापरले अग्रता कायम गरिरहेका…

Read More

काठमाडौं – बझाङमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना तीन दिनपछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो ।  मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४ गरी ८ स्थानबाट हुनेछ । बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालोबाट ऐन महर प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन् ।

Read More

धनगढी – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाएका छन्। उनले स्वतन्त्र उम्मेदवार सागर ढकालसँग मतान्तर बढाएका हुन्। जिल्लामा प्रतिनिधि सभा सदस्यको २०,१०८ मत गणना सकिएको छ। प्रधानमन्त्री देउवाको ९,९८७ मत छ। स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको ५,३०१ मत छ। देउवालाई स्वतन्त्र उम्मेदवार ढकालले पच्छ्याइ रहेका छन्। नेपाली काँग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले २,७१९ मत पाएका छन्।

Read More

काठमाडौं – काठमाडौं ५ मा सत्ता गठबन्धनका उम्मेदवार प्रदीप पौडेलले निरन्तर अग्रता लिइरहेका छन् । ३५ हजार चार सय ८८ मतगणना हुँदा एमालेका ईश्वर पोखरेले सात हजार नौ सय ८१ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार पौडेलले ११ हजार ६ सय मत प्राप्त गरेका छन् । मतगणना सुरु भएसँगै पौडेले अग्रता लिएका थिए । 

Read More

भैरहवा – रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् । उनकाे निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नाै सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेकाे क्षेत्र कांग्रेसकाे पकड मानिएकाे मायादेवी ७ र ८, तिलाेत्तमा १४, ओमसतिया २ मा पनि बाेहराले अग्रता कायम गरेका छन् । यसैगरि सियारी १ काे पनि मतगणना सकिएकाे छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकाेमा खाणकाे पक्षमा १९४१ र हलाेलाई १४३६ मत प्राप्त भएकाे थियाे । यता तिलत्ताेमा १४ मा ४६१० मतमध्ये रुखमा…

Read More