भैरहवा – रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ ।
१४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।
उनकाे निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले चार हजार नाै सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेकाे क्षेत्र कांग्रेसकाे पकड मानिएकाे मायादेवी ७ र ८, तिलाेत्तमा १४, ओमसतिया २ मा पनि बाेहराले अग्रता कायम गरेका छन् ।
यसैगरि सियारी १ काे पनि मतगणना सकिएकाे छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकाेमा खाणकाे पक्षमा १९४१ र हलाेलाई १४३६ मत प्राप्त भएकाे थियाे ।
यता तिलत्ताेमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलाेमा १९३४ मत आएकाे छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलाेमा २२८६ मत प्राप्त भएकाे छ ।
यसरी अहिले दिउँसाे ४ बजे सम्मकाे मतगणना सकिँदा बाेहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । याेबीचमा एक हजार १४ मत बदर भएकाे छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री बाेहरालाई एमाले र जसपाकाे समर्थन रहेकाे छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमाेलगायतले समर्थन गरेका छन् ।