धनगढी – कैलालीको धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ परेका छिन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ बस्ने वर्ष ३२ की उषा कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार धनगढी–२ त्रिनगर ब्यारेलबाट पक्राउ परेकी उनको साथबाट ४ ग्राम ८०० मिलीग्राम ब्राउन सुगर फेला परेको छ। पक्राउ परेकी कुँवरमाथि थप अनुसन्धान भइरहेको उनले बताए।
Author: Saru Shrestha
काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं – विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री डा नारायण खड्कासँग भेट गरेकी छन् । भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो । बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।
काठमाडौं – यस वर्ष (२०७९) मनसुन सुरु भएपछिको एक सय दिनमा मनसुनजन्य विपद्का घटनाले ठूलो क्षति गरेको छ । २०७९ सालमा मनसुन जेठ २२ गतेबाट सुरु भएको थियो । गत भदौ २७ गते मनसुन सुरु भएको एक सय दिन पुरा भएको थियो । राष्ट्रि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापना प्राधिकरणका अनुसार यस अवधिमा बाढी, पहिरो, अबिरल वर्षा, चट्याङ र सर्पदंशका ५१२ वटा घटना भएका थिए । ती घटनामा १०७ जनाको मृत्यु, ११ जना बेपत्ता, १९३ जना घाईते भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विपद्का घटनाबाट उक्त समयमा ६४३ परिवार प्रत्यक्ष प्रभावित भएका थिए । ‘सबैभन्दा बढी ४६ जनाको…
काठमाडौं – काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ गल्कोपाखा हनुमान चोक नजिकै असोज २५ गते दुई बाउन्सरलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका आठ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखाका ३३ वर्षीय जीवन तामाङ, सिन्धुपाल्चोकका २७ वर्षीय दोर्जे शेर्पा र २९ वर्षीय विनोद तामाङ, रामेछापका २८ वर्षीय विकास श्रेष्ठ, २९ वर्षीय राजेन्द्र खत्री, दोलखाका २९ वर्षीय प्रदीप तामाङ र काभ्रेपलाञ्चोकका ३२ वर्षीय दिपेन लामा र काठमाडौँ चावहिलका २६ वर्षीय करण डङ्गोल रहेका छन् । पत्रकार सम्मेलनमा…
काठमाडौं – सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ भन्ने मूल नाराका साथ गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्न लागेको हो । बिहीबार बसेको गठबन्धनको बैठकले कात्तिक ४ गते गण्डकी प्रदेशको पोखरामा भेला गर्ने निर्णय गरेको हो । कार्यक्रमको व्यवस्थापन नेकपा एकीकृत समाजवादीले गर्ने जनाएको छ । यस्तै कार्तिक ४ गते लुम्बिनी प्रदेशको बुटवलमा नेपाली कांग्रेसले भेलाको व्यवस्थापन गर्ने छ । कार्तिक ५ गते विराटनगरमा हुने भेला पनि कांग्रेसले नै व्यवस्थापन गर्नेछ । कार्तिक ५ गते जनकपुर, कार्तिक ६…
अछाम – अछाममा मलामी गएका युवकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ बस्ने ५५ वर्षीय नन्द सिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा खोलाले बगाउदा डुबेर उनको मृत्यु भएको हो ।
दार्चुला – आगामी मसिरमा हुने प्रतिनिधी सभा निर्वाचनका लागि दार्चुलामा दुइवटा अस्थायी मतदान केन्द्र स्थापना हुने भएको छ । सदरमुकाम स्थित घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र स्थापना हुने भएको हो । जिल्लामा रहेका सरकारी कर्मचारी, सुरक्षाकर्मी एवं कारागारमा रहेका कैदी बन्दिहरूका लागि अस्थायी मतदान केन्द्र सिफारिस भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । अस्थायी मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने प्रजिअ उपाध्यायले बताएका छन । घरेलु कार्यालयको मतदान केन्द्रमा सदरमुकाममै रहेका सरकारी कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधीहरूले मतदान गर्नेछन् । कर्मचारी वा सुरक्षा निकायका प्रतिनिधी जुनसुकै जिल्लाको भएपनि फोटो सहितको मतदाता नामावलीमा नाम…
बुटवल – निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ निर्वाचन अधिकृतको कार्यालयले क्षेत्राधिकार मिचेर निर्णय गरेको र असंवैधानिक निर्णय भन्दै निर्णय खारेज र उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गराएका गुरुङको बैंकिङ कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति साढे ११ बजे सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो । अदालतमा विचाराधिन भएको मुद्दालाई आधार बनाएर प्रकृया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै न्याय पाउ…
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई पदमुक्त गरिएको छ । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन् । प्रधामन्त्रीको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरिएको हो । संविधानको धारा ७७ को उपधारा ९२० को खण्ड ख बमोजिम प्रधानमन्त्री सिफारिसमा उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । चारै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्ने छन् ।