काठमाडौँ – नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । प्रतियोगिता खेलेको पहिलो पटक नै पुलिसले स्वर्ण जितेको हो । मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पोखरा क्रिकेट मैदानमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुबिना क्षेत्रीले समान १र१ विकेट लिए ।…
Author: Saru Shrestha
काठमाडौँ – निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्त्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरू गरिरहेको छ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेन्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुकीमा कम्पनीहरूलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो । त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरू निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले…
काठमाडौँ – वायुसेवा कम्पनीहरूले गरेको उडान कटौतीका कारण कर्णाली प्रदेशका विभिन्न गन्तव्यमा अलपत्र परेका यात्रुको उद्धार हुने भएको छ । मंगलबार वायुसेवा सञ्चालक सङ्घका अध्यक्षतामा काठमाडौँमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दुर्गम भेगमा जहाज उडाउने कम्पनी समिट एयर, तारा एयरका प्रतिनिधि, कर्णाली प्रदेशका जनप्रतिनिधिसहितको उपस्थिति थियो । बैठकले कर्णाली प्रदेशमा अलपत्र परेका सम्पूर्णलाई चाँडो भन्दा चाँडो उद्धार गर्ने निर्णय गरेको सङ्घले जनाएको छ । कर्णाली प्रदेशमा हालको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीहरूसँग भएका स्रोत साधनको पूर्ण उपयोग गर्ने निर्णय समेत बैठकले गरेको छ । हवाई यातायात निर्वाध रूपमा सञ्चालन गर्न शान्ति सुरक्षाको प्रत्याभूति गर्न स्थानीय…
वीरगञ्ज – प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज(१३ का सुमित कुशवाहा, वीरगञ्ज(१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज(११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् । यसैगरि पोखरिया नगरपालिका(६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका(२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।
धनगढी – डोटीमा असिना ठूलो पानी परेको छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै ठूलो असिना परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाकासाथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ । आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् । उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्याएको बताएकी छन् । केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रुपमा आएको असिना पानीले भित्र्याउने बेलाको धान खेती सखाप पारेको जोशीले बताइन्…
काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले मंगलबार विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो । माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रदान गरिएको छ । ‘मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरुबीच सहमति भई बनेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार एवम्…
काठमाडौँ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९० औँ महासभामा भाग लिन भारत प्रस्थान गरेका छन् । महासभा भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ देखी ४ गतेसम्म सञ्चालन हुँदै छ । आइजिपी सिंह सोमबार भारत प्रस्थान गरेका हुन् । नेशनल सेन्ट्रल ब्युरो (एनसिबि) काठमाडौँका प्रमुख समेत रहेका सिंहसँगै डिआइजी उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, इन्स्पेक्टर यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलको तर्फबाट समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका छन् । आइजिपी सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रवीन्द्र बहादुर धानुकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । १…
काठमाडौं – प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्। नेकपा माओवादी केन्द्रले टिकट नदिएको भन्दै रोकायाले स्वतन्त्र उम्मेदलवारी दिएका थिए । पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिएको उनले बताए । अन्य जिम्मेवारीमा पार्टीले उचित मूल्यांकन गर्ने निर्णय गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको उनले बताए । स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर, प्रदेश (क) का उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) उम्मेदवार पदमबहादुर रोकायासहित समानुपातिकलाई पनि समर्थन गर्ने निर्णय लिएको उनले बताए ।
पर्सा – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ । पाच हजार रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादव सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रभा सापकोटाका अनुसार रोक्का रहेको जग्गा फुकुवा गरिदिने भनी सेवाग्राहीसँग अवैधरूपमा रकम माग गरिरहको सूचना आएपछि अख्तियारको टोलीले सो रकमसहित रङ्गेहात पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।
दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो । सोमबार दैलेखमा प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो । ६७औँ प्रहरी दिवसमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले डीएसपी साहलाई पुरस्कार प्रदान गरेका थिए । डीएसपी साह जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको भन्दै पुरस्कृत भएका हुन् ।