Author: Saru Shrestha

काठमाडौं – समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । ६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख पनि हुन् । उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

Read More

काठमाडौं – निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घन्टाभित्र स्पष्टीकरण माग गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी भएको आचारसंहिताको प्रतिकुल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानले पदपूर्ति गरेको आयोगले जनाएको छ । स्पष्टीकरणमा पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न…

Read More

लण्डन – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुगेका छन् । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गरेका थिए । तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनेछन् । तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायतले एयरपोर्टमा स्वागत गरेका थिए । गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो । शुभकामना साँझमा नेपालीबाट…

Read More

आसन्न – आसन्न निर्वाचनमा अर्घाखाँची जिल्लाको प्रदेश सभा (क) को लागि उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले आफूले कुनै पनि हालतमा निर्वाचन जित्ने दाबी गरेका छन् ।  ‘आजसम्मका कुनै पनि निर्वाचन नहारेको भन्दै नेता चौहानले आफूलाई मतदान गर्न मतदाताहरू आतुर रहेको समेत दाबी गरे । मेरा प्रतिस्पर्धी भनिएकाहरू आफैँमा कमजोर हुनुहुन्छ,’ चौहानले भने, ‘यो नै मेरो जितको मुख्य आधार हो ।’ नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका चेतनारायण आचार्यप्रति जनताको आकर्षण कम रहेको र गठबन्धनका उम्मेदवार सागर केसीको पूर्वी क्षेत्रमा शून्य प्रभाव रहेका कारण आफूले नजित्ने कुनै पनि कारण नरहेको नेता चौहानको भनाई छ । ‘नेकपा एमालेका…

Read More

काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको समूह बी अन्तर्गतको खेलमा एपीएफले बागमती प्रदेशलाई ३–१ गोलको नतिजामा पराजित गर्‍यो । हारसँगै उपाधि दाबेदार मानिएको बागमती समूह चरणबाटै बाहिरिएको छ । पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्‍यो । पहिलो हाफको इञ्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए दोस्रो हाफमा आक्रामक शैलीमा उत्रिएको एपीएफले ६५औं मिनेटमा प्रदीप लामाको गोलबाट खेलमा बराबरी गरेको थियो । त्यसको ११ मिनेटपछि नवीन लामाले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाए । इन्जुरी समयमा नवीनले गरेको व्यक्तिगत दोस्रो…

Read More

धनगढी – कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। जिल्लाको चुरे गाउँपालिका ३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहितका ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। मुद्दाका प्रतिवादीहरु समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्य, सचिव हिक्मतसिंह भाट, कोषाध्यक्ष पृथ्वीराज विष्ट र अडिटर गौरीप्रसाद नाथको मिलेमतोमा समूहको २५ लाख २४ हजार ३४६ रुपैयाँ अनियमितता भएको अख्तियारले पुष्टि गरेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीहरूले समूहका कुनै पदाधिकारीलाई जानकारी नदिई आर्थिक वर्ष २०७२/०७३ र ०७३/०७४ मा खर्च गरेको रकम साधारणसभाबाट अनुमोदन नगराई…

Read More

धनगढी – मंसिर–४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यति बेला सबै राजनितिक दलका नेताहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारमा व्यस्त छन्। देशै भरि चुनावी प्रचारप्रसार तीब्र रुपले अघि बढिरहँदाप्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका सुदूरपश्चिममा भने अबको मुख्यमन्त्री को हुन्छ ? भन्ने चर्चा सुरु भएको छ। विशेष गरी चुनावमा होमिएका राजनीतिक दलहरु पार्टीभित्रै मुख्यमन्त्रीको उम्मेदवार खोज्नतर्फ लागी परेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १६ र प्रदेशसभाका ३२ सिटका लागि प्रत्येक्ष निर्वाचन हुँदैछ। सत्ता गठबन्धनको नेतृत्व गरीरहेको नेपाली काँग्रेसले अब सुदूरपश्चिम सरकारको नेतृत्व आफूले गर्ने दाबी गरिरहेको छ। जसका लागि पार्टी भित्र विभिन्न उम्मेदवार यसकै कसरतमा समेत…

Read More

इनरुवा – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गरेको छ। सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर-४ क्षेत्रीय कार्य समितिले अयोजनामा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै उनले यस्तो बताएको हो। देशको विकास, सुशासनको पक्षमा काम गर्ने पार्टी कांग्रेस भएको र त्यसमा आवद्ध गठबन्धनको समेत योगदान रहेकाले निर्वाचनपछि दुई तिहाइको सरकार बन्ने उनको दाबी छ। नेपाली जनताले निर्वाचनपछि पूर्ण लोेकतन्त्रको अनुभूतीसहित संविधानको भावना अनुसारको काम भएको अनुभव गर्न पाउने उनको भनाइ छ। संविधानको रक्षा, जनभावनाको कदर गर्दै विकास गर्ने जिम्मा कांग्रेससहितको गठबन्धनको भएको…

Read More

पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजय हासिल गरेको छ । आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदूरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो चरणमा सुदूरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो । यसअघि सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मी संग पराजित भएको थियो ।

Read More

काठमाडौँ – जिउँदो इतिहासका साक्षीका रूपमा १०३ वर्षको उमेरमा आज महाप्रस्थान गरेका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने भएको छ । पारिवारिक सहमतिअनुसार स्व जोशीको शवलाई दाहसंस्कार नगरी चिकित्साशास्त्र सम्बन्धी अध्ययनका लागि ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा राखिने भएको हो । अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जोशीको पार्थिव शरीरलाई मेडिकल चिकित्सा प्रणालीअनुसार अध्ययन अनुसन्धानका लागि अस्पतालमा राखिने जानकारी दिए । उनले भने, “अहिले जोशीको पार्थिव शरीरलाई नबिग्रिने हिसाबले केमिकल र औषधि प्रयोग गरेर सुरक्षितरूपमा ‘प्रिजर्भ’ गरिएको छ । ‘प्रोफेसर’ को भनाइअनुसार उनको शरीरलाई चिरकालसम्म कुनै पनि तत्वले बिगार्न सक्दैन । उनको शरीरबाट चिकित्सा…

Read More