काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । उक्त व्यवस्था उलङ्घनकर्तालाई निर्वाचन आयोग, ऐन २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको अवगत गराइन्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ । निर्वाचन आचारसंहिता,…
Author: Saru Shrestha
काठमाडौँ – नेपाली काँग्रेसका नेता डा।मिनेन्द्र रिजालले आफूले नेपाली काँग्रेस संसदीय दलको समन्वय समिति ९अर्थ मन्त्रालय०को संयोजकबाट राजीनामा दिएका कारण आफूलाई उम्मेदवार नबनाएको खुलासा गरेका छन् । समितिबाट आफूले राजीनामा दिएको र अस्वीकृत भएको दुई पत्र फेसबुकमा पोस्ट गर्दै नेता रिजालले लेखेका छन्, “हाम्रो दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मलाई प्रतिनिधिसभाको निर्वाचनमा किन उम्मेदवार बनाउनु भएन भनेर खोजी गर्दा उहाँ र मेराबीच २०७७ जेष्ठ र आश्विनका यी दुई पत्र फेला पारे, पोस्ट गरेको छु ।”
हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष कमल थापाले माओवादी जिल्ला सदस्यलाई नेकपा एमालेमा स्वागत गरेका छन । मकवानपुर एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले फूल माला लगाएर नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसम्पादन समितिका सदस्य शंकर राउतलाई एमालेमा स्वागत गरेका हुन् । एमालेको सुर्य चिन्हवाट पहिलो पटक उम्मेदवार भएका थापालाई हिजो तालाबन्दी गरिएको कार्यालयमा स्वागत गरिएको थियो । एमालेका रामेश्वर रानाको टिकट खोसेर थापालाई मकवानपुर–१ को टिकट दिए पछि आक्रोशित एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । उनै कार्यकर्ताले आज भने थापालाई खादा लगाएर स्वागत गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र टिकट खोसिएका रानाको प्रशंशामा झन्डै…
झापा – मादक पर्दार्थ सेवन गरी तास खेल्ने सहयोगीको हत्याको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित ताप्लेजुङ इलाम होटलका संचालक ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम नगरपालिका–१२ घर भई सोही होटलका स्टाफ २१ वर्षीय अमृत आचार्य र उनकै श्रीमती २३ वर्षीया बिमला राई रहेका छन् । इन्द्रबहादुरलाई उनकै होटलबाट तथा अमृत र बिमलालाई पाँचथरबाट पक्राउ गरेको हो । असोज १७…
बाजुरा – अविरल वर्षासँगै आएको पहिरोले घर भत्किँदा जगन्नाथ गाउँपालिका–१ मा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–१ का अन्दाजी ४५ वर्षीया प्रभुलाल गिरी रहेका छन् भने उनका आमा घाइते भएकी हुन । घाइतेलाई उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोमा परी गिरीको मृत्यु र उनकी आमा घाइते भएको जानकारी प्राप्त भए पछि प्रहरी टोलीले घाइतेको उद्दार गरिएको थियो । सोही गाउँमा पहिरोमा परी ३ परिवार बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सूर्य थापाले बताए। प्रहरीका अनुसार पछिल्लो समयमा परेको लगातारको वर्षाका कारण कर्णाली नदीमा…
काठमाडौं – डोटीमा एक किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको जोरायल गाउँपालिका ५ सेलकुटीगाड बस्ने १८ वर्षीया छाया कुमारी भण्डारी मृत फेला परेकी हुन्। प्रहरीका अनुसार उनी आफ्नो घर नजिक भुकुण्डीगाडमा आइतबार मृत अवस्थामा फेला परेकी थिइन्। नुहाउन गएकी उनी अबेरसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ।
धनगढी – नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय गरी निज फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले चौधरीविरुद्ध सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उजुरी दिएका छन्। उनले मनोनयन दर्ता खारेजको माग समेत गरेका छन्।
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीबारे मंगलबारभित्र प्रस्टीकरण दिनुपर्ने भएको छ। सोमबार दउवाको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उम्मेदवार नेपाली काँग्रेस बिपीका कर्णबहादुर मल्लले उजुरी जाहेर गरेका हुन्। मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक-फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन्। देउवाको नागरिकतामा जन्ममिति विक्रम सम्वत् २००३ जेठ ३१ रहेको छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको खुलेको छ। देउवाको मनोनयन खारिज हुनुपर्ने मल्लको माग छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले देउवालाई सो उजुरीबारे प्रस्ट पार्न समय दिइएको छ। देउवाका लागि उजुरीउपर स्पष्ट पार्न मंगलबार दिउँसो २…
पोखरा – पोखरा महानगरपालिकाले मंगलबार फेवाताल सफाई महाअभियान सुरु गर्ने भएको छ । तालमा अहिले अत्यधिक मात्रामा जलकुम्भी झार भरिएको छ । ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न लागेको हो । ३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान गर्न लागेको मेयर धनराज आचार्यले जानकारी दिए । यसका लागि तयारी भइसकेको छ । बिहान ७ बजे सुरु हुने सरसफाइमा ३३ जना वडा अध्यक्षहरूले नेतृत्व गर्नेछन् । मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्था र ब्यक्तिहरुलाई आह्वान गरेका छन् । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ । तर,…
काठमाडौं । सुदूरपश्चिममा प्रतिनिधिसभा सदस्य पदका लागि कैलाली २ बाट उम्मेदवारी दिएका झपट रावललाई सघाउन प्रदेशसभाका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । रावलले उम्मेदवारी दिएको कैलाली २ को ‘ख’ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका भीमबहादुर कुबेर र कलम खनालले उम्मेदवारी फिर्ता लिएका हुन् । साथीभाइसँगको सल्लाह र सुझावका आधारमा एमाले उम्मेदवारलाई जिताउने गरी आफूहरुले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको कुबेर र खनालले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।