दार्चुला – राष्ट्रपति विद्या देवी भण्डारी दोस्रो पटक दार्चुला आउने भएका छन् । दार्चुलाको त्रिदेशिय सिमामा रहेको व्यासँ गाउँपालिका भम्रणका लागि राष्ट्रपति भण्डारी दार्चुला आउने कार्यक्रम रहेको व्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिए । राष्ट्रपति भण्डारी दार्चुलाको व्यासँ गाउँपालिका भम्रणका लागि निम्तो दिएको अध्यक्ष धामीले बताए । गत साउन ९ गते बसेको व्यासँ गाउँकार्यपालिका बैठकले राष्ट्रपति भण्डारीलाई व्यासँ गाउँपालिका बोलाउने निर्णय भएसंगै राष्ट्रपति भण्डारी दार्चुला आउने बताइएको छ । राष्ट्रपतिले व्यासँ गाउँपालिका आएर राष्ट्रिय स्तम्भ उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटघाटमा राष्ट्रपति विद्या देवी भण्डारीले अगामी असोज २७ गते दार्चुला भम्रणमा आउने जानकारी गराएको गाउँपालिका अध्यक्ष…
Author: Saru Shrestha
काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रियको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन उडान प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको ५ किलोमिटर क्षेत्र भित्र ड्रोन नउडाउन सूचित गरेको हो । यस्तो कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने विमानस्थल कार्यालयको भनाई छ । यस्ता गतिविधि नगर्न भन्दै कार्यालयले अटेर गरेमा कानूनअनुसार कडा कारबाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । ड्रोन उडान सम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो समय अटेर गरी ड्रोन उडाइरहेको पाइएको कार्यालयको भनाइ छ ।
काठमाडौँ – लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले कर्णाली प्रदेश प्रमुखको कार्यभार पनि सम्हाल्ने भएका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियार क्यानडाको ओटावामा हुने कार्यक्रममा भाग लिन जान लागेकाले शेरचनले उनको अनुपस्थितिमा कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने जिम्मेवारी पाएका हुन् । परियार असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा सहभागी हुन जापान जान लागेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी तोकेकी हुन् ।
काठमाडौँ – दसैँ नजिकिएसँगै देशभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । गएको वर्षको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । दसैँ सुरु हुनुअघि पेट्रोल २२ लाख लिटर खपत हुने गरेको थियो । अहिले पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ । डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। दसैँ सुरु हुनुअघि भने डिजेल दैनिक औसत ३५ लाख लिटर खपत हुँदै आएको थियो । दसैँ मनाउन मानिसहरू काठमाडौँ उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ…
काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसरले हत्यामा संलग्न तीनजनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २१ वर्षीया सुस्मिता स्याङताङ छन् । प्रहरीका अनुसार सुस्मिताले मोहम्मदका गतिविधि निगरानी गरेको र महोरम र रेहान मियाँले गोली हानेको खुलेको छ । असोज ३ गते सोमबार साँझ मोहम्मदकै घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको…
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बिहीबार नेकपा एमालेमा फर्किएपछि कारवाहीमा परेका छन् । प्रदेश सभा सदस्यसमेत रहेका विश्वकर्मा एमालेमा फर्किएको घोषणा गरेको केही घण्टामै नेकपा (एकीकृत समाजवादी)बाराले उनलाई कारबाही गरेको हो । उनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेकपा ९एस०बाराका कार्यवाहक अध्यक्ष बिजेन्द्र प्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्य विश्वकर्मा नेकपा ९एस० बारा जिल्ला कमिटी गठन भएदेखि पार्टीभित्र अवाञ्छित गतिविधि गरेको आरोप छ । विश्वकर्मा विगत २५ वर्षदेखि पार्टीको नामबाट लाभ र अवसरको पदमा रही अवसरवादी…
काठमाडौं – नुवाकोटको बेलकोटगढी नगरपालिका-७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली(गल्छी सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्ने छ । यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे(टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको नुवाकोट प्रहरीका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले बताए । काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन् । नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन् ।
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौँ महानगरपालिका-४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत् प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । महानगरपालिकाले विद्युत् प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राज भण्डारीको स्मृतिमा…
काठमाडौँ – दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्षबाट दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दशैं, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा रु ५०, पनिरमा रु २०, चिज (सबै)मा रु २० र दहीमा रु १० सहुलियत प्रदान गरिएको जानकारी दिए । ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा २०७९ भदौ १६ गते बसेको दशैं, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो’, अधिकारीले…
धनगढी – कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको ज्यान गएको छ । जिल्लको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको हो । सोही ठाउँस्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएकी थिइन् । त्यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।