काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बाराका अध्यक्ष सुन्दर विश्वकर्मा बिहीबार नेकपा एमालेमा फर्किएपछि कारवाहीमा परेका छन् । प्रदेश सभा सदस्यसमेत रहेका विश्वकर्मा एमालेमा फर्किएको घोषणा गरेको केही घण्टामै नेकपा (एकीकृत समाजवादी)बाराले उनलाई कारबाही गरेको हो ।
उनलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको नेकपा ९एस०बाराका कार्यवाहक अध्यक्ष बिजेन्द्र प्रसाद चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनी बारा क्षेत्र नम्बर ४ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभा सदस्य विश्वकर्मा नेकपा ९एस० बारा जिल्ला कमिटी गठन भएदेखि पार्टीभित्र अवाञ्छित गतिविधि गरेको आरोप छ ।
विश्वकर्मा विगत २५ वर्षदेखि पार्टीको नामबाट लाभ र अवसरको पदमा रही अवसरवादी भएको चौधरीको भनाइ छ । उनको अराजनीतिक र गैर सामाजिक गतिविधिबाट टाढा रहन आम कार्यकर्ता र पार्टी पङ्क्तिलाई आग्रह गरेका छन् ।
उनीसहित प्रदेश सभा सदस्य सीता गुरुङ एमाले फर्केकी छिन् । गुरुङ समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी थिइन् । यस्तै उनीसहित २५ जना नेताले नेकपा एस छोडेर एमाले फर्किएका छन् ।