Author: Saru Shrestha

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ढिलोमा आगामी सोमवारभित्रमा मन्त्रिपरिषद् बिस्तार र गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ । शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए । पौडेलले भने– सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । त्यस अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ । ढिलोमा सोमवारसम्म…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीका विषयमा कुनै प्रस्ताव नगरेको बताएका हुन् । उनले भने, ‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले भन्नुभएको होइन है, मलाई कसैले बोलाएर केही भनेको छैन । अर्थमन्त्री बन्न भनेको, भन्दाभन्दै नगरेको पो हुन थाल्यो कि ! किनकि आजसम्म कसैले मलाई बोलाएर केही दिएकै छैन, मैले जे पाएको छु लडेर पाएको छु । मलाई बोलाएर कसरी गर्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोध्नुहुन्छ भन्ने लागेको पनि छैन । मलाई के छ भने २०८४ मा नेपाली…

Read More

बैतडी – बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी-बैतडी-धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई भाडा महँगो हुँदा र यात्रु नपाउँदा बन्द हवाई सेवा पुनः सञ्चालन हुन नसकेको समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले बताए । उनले भने, ‘यात्रु अभावका कारण उडान हुन सकेको छैन, यात्रु नै नभएपछि हवाई सेवा बन्द भएको छ ।’ यसअघि उडान भर्दै आएको समिट एयरले अबदेखि उडान नभर्ने जनाएको छ । यात्रु…

Read More

जुम्ला – जुम्लामा हुन लागेको एउटा बालविवाह रोकिएको छ। ​ तिला गाउँपालिका-३ मा बालविवाह हुन लागेको सूचना पाएपछि प्रहरीको सक्रियतामा उक्त विवाह रोकिएको हो । तिला गाउँपालिका-५ की १६ वर्षकी केटी र सोही गाउँपालिका-३ का १९ वर्षका केटाबीच बिहे हुन लागेको थियो। कम उमेरका भएकाले उनीहरुबीच बालविवाह हुन लागेको गोप्य सूचनाका आधारमा प्रहरीले उक्त विवाह रोकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यामबहादुर बुढाले जानकारी दिए। उनका अनुसार बालविवाह हुनबाट रोकिएका दुवै जनालाई स्थानीय जनप्रतिनिधि, बालविवाहविरुद्ध काम गर्ने सरोकारवालाको रोहबरमा अभिभावकको जिम्मा लगाइएको थियो। नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने/गराउने सबै पक्षलाई ३० हजार रूपैयाँसम्म…

Read More

कैलाली – कैलालीको अत्तरिया बजारका व्यवसायीले गोदावरी नगरपालिका घेराउ गरेका छन् । अत्तरिया बजार क्षेत्रका व्यवसायीले पसल अगाडी निर्माण गरेका टिनका पाली नगरपालिकाले हटाउन थालेको भन्दै नगरपालिका घेराउ गरेका हुन् । शुक्रबार बिहान अत्तरिया चोकमा सडक क्षेत्रमा पर्ने पसलका पाली हटाउन नगरपालिकाले जेसीवी चलाउन सुरु गरेको थियो । व्यवसायीले भने नगरपालिकाले अन्य क्षेत्रको अतिक्रम नहटाएर बिना कारण चोकमा रहेका व्यवसायीलाई दुःख दिन थालेको भन्दै अवरोध गरेका थिए । व्यवसायी दुर्गा कडायतले पसल अगाडी पाली नबनाएर बर्षातको पानी पसल भित्र जाने गरेको बताइन् । उनले नगरपालिकाले खोला नालाको अतिक्रमण नहटाउने तर, व्यवसायीले पसल अगाडी निर्माण गरेका पालीमात्रै हटाउने कार्य गलत भएको…

Read More

काठमाडौँ – १४ जना राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)सहित गृहका २५ जना अधिकारीहरूको सरुवा भएको छ । गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेकालगायत अन्य १४ सहसचिव र अन्य उपसचिवहरूलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायहरूमा खटन पटन गरेको हो । मन्त्रालयले अतिरिक्तमा रहेका ११ जना सहसचिवहरूको पदस्थापन र तीन जनाको सरुवा गरेको छ भने ११ जना सहसचिवहरूको सरुवा विभिन्न निकायहरुपमा सरुवा गरेको छ । सहसचिव रामबन्धु सुवेदीलाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको प्रमुख अध्यागमन अधिकृतमा पठाएको छ भने त्यहाँका वासुदेव घिमिरेलाई गृह मन्त्रालय वा अन्तर्गत सारिएको छ । यस्तै सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…

Read More

सिरहा – सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको विवादमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन तानातान गरिरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको व्यक्तिगत विवादका कारण दुवैले आ–आफनो पक्षको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तानातान गरिरहेका हुन् ।  प्रमुख प्रशासकीय अधिकृत हाजिर भए पनि पालिकाभित्रको अन्तरविवादका कारण विकास निर्माणलगायतका कामकाज पूर्णरुपमा ठप्प हुँदा सेवाग्राही मार्कामा परेका छन्। समान्य प्रशासन मन्त्रालयले २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले बरियारपट्टी गाउँपालिकामा हाजिर गरेका थिए । तर, सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिन अर्का अधिकृत सुजितकुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाइयो ।…

Read More

धनगढी – भाषा, साहित्य र संस्कृति संरक्षण, सम्वर्द्धनका लागि धनगढीमा तीनदिने विश्व नेपाली नारी साहित्य सम्मेलन सुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा शुक्रबारदेखि सम्मेलन सुरु भएको हो । एक समारोहबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मेलन उद्घाटन गरेका छन् । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, भुटान, बर्मा लगायतका देशका साहित्यकार सहभागी छन् । उद्घाटन समारोहमा सुदूरपश्चिमका विभिन्न जिल्लामा मनाइने प्रख्यात सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । छलीया नाच, रानाथारु, डंगौरा थारुका सांस्कृतिक प्रस्तुति, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटीबाट आएका कलाकारहरुले स्थानीय सांस्कृतिक प्रस्तुति गरेका थिए । देशभित्र र बाहिरबाट महिला साहित्यकारहरूको आगमन भइरहेसँगै धनगढी नारी श्रष्टामय बनेको हो…

Read More

गण्डकी – गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिएका छन् ।नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ ।…

Read More

काठमाडौँ – उपसचिव किरण जोशी सुदूरपश्चिम क्षेत्रबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी(प्रजिअ) बनेकी छन् । कञ्चनपुरमा जन्मिएकी जोशी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा सरुवा भएसँगै उनी सुदूरपश्चिमबाट पहिलो महिला सिडिओ बनेकी हुन् । गृह मन्त्रालयको २०७९ चैत्र ९ गतेको निर्णय अनुसार उनलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको हो । जोशी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १८ मा जन्मिएकी हुन् ।

Read More